अंकका आधारमा नेपाल हङकङमा जारी चारदेशीय टी२० शृंखलाको फाइनलमा पुगेको छ।
काठमाडौँ– नेपाल हङकङमा जारी चारदेशीय टी२० शृंखलाको फाइनलमा पुगेको छ। वर्षाले हङकङसँगको खेल बिथोलिएपछि अंकका आधारमा शीर्षस्थानमा रहेर नेपाल प्रतियोगिताको फाइनलमा पुगेको हो। नेपालले अब फाइनलमा कुवेतसँग खेल्ने छ।
नेपालले यसअघि कतार र कुवेतलाई पराजित गर्दै चार अंक बटुलेको थियो। नेपालले पहिलो खेलमा कतारलाई ८ विकेट र दोस्रो खेलमा कुवेतलाई ६ विकेटले पराजित गरेको थियो। शनिबार एक अंक थपिएसँगै नेपाल शीर्षस्थान ओगट्दै प्रतियोगिताको फाइनलमा पुग्न सफल भयो।
मिसन रोड मैदानमा शनिबार भएको खेलमा नेपालले घरेलु टोलीविरुद्ध टस जितेर बलिङ रोज्दै हङकङलाई ब्याटिङका लागि निम्त्याएको थियो। हङकङले ९ ओभर खेल्दै गर्दा वर्षा भएपछि खेल स्थगित हुनपुग्यो। त्यति बेलासम्म हङकङले ३ विकेट गुमाइ ६८ रन जोडेको थियो।
बलिङतर्फ नेपालका ललितनारायण राजवंशीले २ विकेट, नन्दन यादवले १ विकेट लिएका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
