महिला विश्वकप एशिया छनोटका लागि २० खेलाडी बन्द प्रशिक्षणमा

आगामी मे महिनामा थाइल्यान्डमा हुने आईसीसी महिला विश्वकप एशिया छनोट क्रिकेटका लागि दोस्रो चरणको बन्द प्रशिक्षणमा खेलाडीलाई बोलाइएको छ। 

काठमाडौँ– नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी महिला विश्वकप एशिया छनोटका लागि दोस्रो चरणको बन्द प्रशिक्षणका २० खेलाडीलाई बोलाएको छ।

क्यानका प्रवक्ता छुम्बी लामाका अनुसार आगामी मे महिनामा थाइल्यान्डमा हुने आईसीसी महिला विश्वकप एशिया छनोटका लागि दोस्रो चरणको बन्द प्रशिक्षणमा खेलाडीलाई बोलाइएको हो। 

बन्द प्रशिक्षणमा इन्दु वर्मा, बिन्दु रावल, सम्झना खड्का, रुबिना छेत्री, रोमा थापा, कविता जोशी, यशोदा विष्ट, रुबी पोद्दार, राजमती ऐरी, काजल श्रेष्ठ, पूजा महतो, कविता कुँवर, सबनम राई, ईश्वरी विष्ट, सोमु विष्ट, मनीषा उपाध्याय, रचना चौधरी, सिता राना मगर, सिमाना केसी र रिया शर्मालाई बोलाइएको क्यानले जनाएको छ।