नेपालसँग कुवेत ६ विकेटले पराजित

नेपालका लागि कुशल भुर्तेलले ५० बलमा ६ चौका र ६ छक्काको मद्दतमा ८१ तथा आशिफ शेखले ३८ बलमा २ चौका र ४ छक्काको मद्दतमा ५३ रन बनाए।  

काठमाडौँ– हङकङमा जारी चारदेशीय टी२० आई सिरिजमा नेपालले कुवेतलाई ६ विकेटले पराजित गरेको छ। 

कुवेतले दिएको १८६ रनको लक्ष्य नेपालले १८.५ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्‍यो। नेपालका लागि ओपनरद्वय कुशल भुर्तेल र आशिफ शेखले खर्धशतक प्रहार गरे। कुशलले ५० बलमा ६ चौका र ६ छक्काको मद्दतमा ८१ रन बनाए। आशिफले ३८ बलमा २ चौका र ४ छक्का प्रहार गर्दै ५३ रन बनाए।  

दीपेन्द्रसिंह ऐरीले १२ बलमा ३१ रनको योगदान दिए। कुवेतका यसिन पटेलले २ तथा मोहम्मद सफीक र मोहम्मद असलमले १-१ विकेट लिए।

त्यसअघि टिन क्वाङ रोड रिक्रिएसन ग्राउन्डमा टस हारेर ब्याटिङको निम्तो पाएको कुवेतले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १८५ रन बनाएको थियो। 

कुवेतका लागि क्लिन्टो एन्टोले सर्वाधिक ४१ रन बनाए। नेपालका लागि सोमपाल कामीले ३ तथा नन्दन यादवले २, ललित राजवंशीले १ र कुशल भुर्तेलले १ विकेट लिए। 

लगातार दोस्रो जित हासिल गरेको नेपालले फाइनल खेल्ने सम्भावना बलियो बनाएको छ।