टी२० आई सिरिजः कुवेतविरुद्ध नेपाल फिल्डिङमा

पहिलो खेलमा बुधबार नेपालले कतारलाई आठ विकेटले पराजित गरेको थियो। नेपालले कतारसँग खेलेको टोलीमा कुनै परिवर्तन गरेको छैन। 

काठमाडौँ– हङकङमा जारी चारदेशीय टी२० आई सिरिजअन्तर्गत नेपालले आफ्नो दोस्रो खेलमा कुवेतको सामना गरिरहेको छ। 

हङकङको टिन क्वाङ रोड रिक्रिएसन ग्राउन्डमा बिहान ६:४५ बजे शुरू भएको खेलमा नेपाल टस जितेर फिल्डिङमा उत्रिएको छ। यो चारदेशीय टी२० आई सिरिजको तेस्रो खेल हो। 

पहिलो खेलमा बुधबार नेपालले कतारलाई आठ विकेटले पराजित गरेको थियो। नेपालले कतारसँग खेलेको टोलीमा कुनै परिवर्तन गरेको छैन। 

दोस्रो खेलमा बुधबार नै कुवेतले घरेलु टोली हङकङलाई चार विकेटले हराएको थियो। आजको खेलमा दुवै टोली दोस्रो जितको खोजीमा हुनेछन्। आज नै हङकङ र कतार प्रतिस्पर्धा गर्नेछन्। यो खेल बिहान ११:१५ बजे शुरू हुनेछ। दुवै टोली पहिलो जितको खोजीमा हुनेछन्।