च्याम्पियन्स लिग: आर्सनलसँग रियल मड्रिड पराजित, इन्टरले बायर्नलाई हरायो

आर्सनलले खेलको ५८औँ मिनेटमा अग्रता लियो। डेक्लान राइसले फ्रि-किकमार्फत गोल गर्दै खेल १–० मा पुर्‍याए। ७०औँ मिनेटपछि राइसले नै पुन: फ्रि–किकमार्तफ गोल गर्दै अग्रता दोब्बर पारे।

काठमाडौँ– च्याम्पियन्स लिग फुटबलअन्तर्गत क्वार्टरफाइनलको पहिलो लेगमा आर्सनलसँग रियल मड्रिड स्तब्ध बनेको छ। 

मंगलबार राति एमिरेट्स स्टेडियममा भएको खेलमा आर्सनलले रियललाई ३-० ले हराएको हो। यससँगै आर्सनलले सन् २००८/०९ सिजनपछि पहिलो पटक च्याम्पियन्स लिगको सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ।  

आर्सनलले खेलको ५८औँ मिनेटमा अग्रता लियो। डेक्लान राइसले फ्रि-किकमार्फत गोल गर्दै खेल १–० मा पुर्‍याए। ७०औँ मिनेटपछि राइसले नै पुन: फ्रि–किकमार्तफ गोल गर्दै अग्रता दोब्बर पारे। ७५औँ मिनेटमा मिकेल मेरिनोले गोल गर्दै ३–० को जित दिलाए।

मंगलबार नै भएको अर्को क्वाटरफाइनलको पहिलो लेगमा इन्टर मिलानले बायर्न म्युनिखलाई २-१ ले हराएको छ। इन्टरका लुटारो मार्टिनेज र डाभिडे फ्रात्तेसीले गोल गरे। बायर्नका थोमस मुलरले १ गोल फर्काए।