सुनको मूल्य घट्यो, चाँदी स्थिर

सोमबार तोलामा १ लाख ७३ हजार ८०० रुपैयाँमा कारोबार भएको सुन मंगलबार १ लाख ७३ हजार ४०० रुपैयाँ तोकिएको छ।  

काठमाडौँ– नेपाली बजारमा मंगलबार पनि सुनको मूल्य घटेको छ। सोमबार तोलामा १ लाख ७३ हजार ८०० रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ७३ हजार ४०० रुपैयाँ तोकिएको छ।  

सोमबार तोलामा ७०० रुपैयाँ घटेको सुन यसदिन ४०० रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य चैत २१ देखि निरन्तर घटिरहेको छ। 

त्यसैगरी, चाँदीको मूल्य भने स्थिर रहेको छ। सोमबार तोलाका १ हजार ८३० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा किनबेच भइरहेको महासंघले जनाएको छ।

अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस ३ हजार ३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।