‘जंगल फाँडेर, स्थानीयलाई उठिबास लगाएर गरिने एकोहोरो विकास हामी स्वीकार्दैनाैँ। यसबारेमा हुने कुनै पनि प्रकारका संवाद र वार्तामा हाम्रो अन्तिम अडान भनेकै नो–केबलकार हो।’
काठमाडौँ– ताप्लेजुङको मुक्कुमलुङ धार्मिक तथा सांस्कृतिक स्थलमा केबलकार पुर्याउने भनी शुरू गरिएको व्यापारिक योजनालाई कुनै स्वरूपमा पनि अघि बढ्न नदिने भन्दै जिल्लाका स्थानीय अभियन्ताले केबलकारलाई मात्रै विकास र समुन्नतिको आधार मान्न नसकिने अडान दोहोर्याएका छन्।
“हामी मुन्धुमी संस्कृति, सभ्यता र पहिचानको आधारलाई समातेर बहुपक्षीय विकासका पक्षमा लाग्न चाहन्छौँ। हजारौँ रुख–बिरुवा फाँडेर, स्थानीय व्यवसायी र बासिन्दालाई उठिबास लगाएर गरिने एकोहोरो केबलकार विकास हामी स्वीकार्दैर्नौं,” अभियन्ता एवं मुक्कुमलुङ संयुक्त संघर्ष समितिका संयोजक श्री लिङ्खिमले उकालोसँग कुराकानी गर्दै भने, “यसबारेमा हुने कुनै प्रकारका संवाद र वार्तामा हाम्रो अन्तिम अडान भनेकै नो–केबलकार हो।”

यो पनि: मुक्कुम्लुङबारे संसारभरका लिम्बू बोल्न पाउँछन्, त्यो नै मानव अधिकार हो: बैरागी काइँला
पाथीभरा केबलकार निर्माणका सम्पूर्ण प्रक्रिया तत्काल रोक्नका लागि सर्वोच्च अदालतको इजलासले दिएको आदेशलाई अटेर गर्दै निर्माण र ठेकेदार कम्पनीले निर्माणको काम जारी राखे पनि ‘शान्तिपूर्ण आन्दोलनको अभियान’ अघि बढाउने उद्देश्यका साथ लिङ्खिम काठमाडौँ आएका हुन्।

“मुक्कुमलुङ हामी ताप्लेजुङबासीको मात्रै हो भन्नुमा तुक रहन्न, यो आस्था र शक्तिको नाम संसारभरका जोकोहीले लिन सक्छन्,” लिङ्खिमले भने “बरु हाम्रो मुक्कुमलुङमा व्यापार र राजनीतिको खेल गर्नेहरू भने बाहिरिया हुन्, आस्था र संस्कृति स्वीकार नगर्ने विशुद्ध व्यापारी हुन्।”
यो पनि: मुक्कुम्लुङ साक्षी छ!
पाथीभरा तीर्थस्थलमा कुनै प्रकारको अशान्ति र असुरक्षा नरहेकै बेलामा सशस्त्र र जनपद प्रहरीका बेग्लै क्याम्प राखेर प्रशासनिक ज्यादती भैरहेकोबारे काठमाडौँ केन्द्रमा सुनुवाइ हुन नसकेको र राजनीतिक मुख्य दलहरू पनि आ-आफ्नो स्वार्थमा मौन रहेकोबारे लिङ्खिमले आपत्ति जनाएका छन्। यस दाैरान आफूले बेहोरेका कठिनाइ र जिज्ञासाहरू नेतामाझ राख्दै जवाफ माग्ने उनले बताए।

पाथीभरा क्षेत्रलाई कञ्चनजङ्गा संरक्षण क्षेत्रबाट हटाइनु र केबलकार लगिछाड्ने नाममा देखावटी वातावरणीय मूल्यांकन प्रतिवेदन तयार पार्ने जस्ता अनेक षड्यन्त्रका तानाबाना बुनिएको उनको आरोप छ। यसबारे स्थानीयबासी जानकार भैसकेको उनी बताउँछन्।
“पाथीभरामा चलेको आन्दोलनमा व्यापारी र सरकारलाई साथ नदिएको अभियोगमा अझै पनि जिल्लामा पक्राउ पुर्जी बेहोर्ने वा प्रहरी थुनाको धरौटीमा तारेख धाउनेहरूको संख्या उल्लेख्य छ”, लिङ्खिमले भने, “आवरणमा लोकतन्त्र, न्यायिक राज्य र जवाफदेहिताको पाठ पढाउनेहरूले अझै पनि ताप्लेजुङ वा त्यस्तै सुदूर स्थानको यथार्थलाई आत्मसात् गर्न सकेका छैनन्, यो बिडम्बना हो।”
भिडिओ:
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
