आज भएको दोस्रो खेलमा नेपाली यू–१९ टोली अफगानिस्तानसँग एक रनले पराजित भएको हो। योसँगै अफगानिस्तानले नेपालविरुद्धको शृंखला एक खेल अगावै जितेको छ।
काठमाडौँ– अफगानिस्तान यू–१९ टोलीविरुद्धको एकदिवसीय शृंखलामा नेपाल लगातार पराजित भएको छ। आज भएको दोस्रो खेलमा नेपाली यू–१९ टोली अफगानिस्तानसँग एक रनले पराजित भएको हो। योसँगै अफगानिस्तानले नेपालविरुद्धको शृंखला एक खेल अगावै जितेको छ। यसअघि पहिलो खेलमा नेपाल अफगानिस्तानसँग १३० रनले पराजित भएको थियो।
मूलपानी क्रिकेट मैदानमा टस जितेर अफगानिस्तानले पहिला ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा सवै विकेट गुमाएर १६८ रन बनायो। १६९ रनको लक्ष्य पछ्याएको नेपालले ४९.३ ओभरमा सबै विकेट गुमाउँदै १६७ रन मात्र बनाउन सक्यो। नेपालका लागि साहिल पटेलले ११९ बलमा ६ चौकाको मद्दतले सर्वाधिक ६४ रनको योगदान दिए। यसैगरी अभिषेक तिवारीले २०, निरजकुमार यादवले १५ तथा कप्तान नरेन भट्टले १३ रन बनाए।
बलिङतर्फ अफगानिस्तानका लागि वाहिदुल्लाह जाद्रन, जाइतुल्लाह शहिन र हाफिज जाद्रनले दुई/दुई तथा रोहुल्लाह अरब, कप्तान महबुब खान र उजाइरुल्लाह नियाजाइले समान एक/एक विकेट लिए।
त्यसअघि टस जितेर ब्याटिङ गर्ने क्रममा अफगानिस्तानका लागि कप्तान महबुब खानले ११४ बलमा एक चौकाको मद्दतले सर्वाधिक ५८ रनको योगदान दिए। यसैगरी रोहुल्लाह अरबले २७, उजाइरुल्लाह नियाजाइले १९, नजिफुल्लाह अमिरीले १६, खतिर स्तानिकजाइले ११ र खालिद अहमदजाईले १० रन बनाए।
बलिङतर्फ नेपालका लागि सन्तोष यादवले तीन, सिब्रिन श्रेष्ठ र विपिनप्रसाद शर्माले दुई/दुई तथा अभिषेक तिवारीले एक विकेट लिए। शृंखलाको अन्तिम खेल यही चैत २७ गते हुनेछ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
