हङकङमा हुने चारदेशीय टी२०आईका लागि नेपालको टोली घोषणा

क्यानले शनिबार रोहित पौडेलको कप्तानीमा १४ सदस्यीय अन्तिम टोली सार्वजनिक गरेको हो। प्रतियोगितामा नेपालसहित आयोजक हङकङ, कुवेत र कतार सहभागी हुनेछन्।

काठमाडौँ– नेपाल क्रिकेट संघ (क्यान)ले हङकङमा हुने चारदेशीय टी२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि नेपालको टोली घोषणा गरेको छ। 

क्यानले शनिबार रोहित पौडेलको कप्तानीमा १४ सदस्यीय अन्तिम टोली सार्वजनिक गरेको हो। 

टोलीमा कप्तान रोहितसँगै दीपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल, आसिफ सेख, सोमपाल कामी, ललित राजवंशी, कुशल मल्ल, करण केसी, बसिर अहमद, साहब आलम, नन्दन यादव, रिजन ढकाल, गुलशन कुमार झा र लोकेश बम छन्।

नन्दन पहिलोपटक राष्ट्रिय टोलीमा परेका हुन् भने बसिर र साहब दुवै सन् २०२२ पछि पहिलोपटक टी-२०आई टोलीमा फर्किएका हुन् ।

अप्रिल ९ देखि १३ सम्म हुने प्रतियोगितामा नेपालसहित आयोजक हङकङ, कुवेत र कतार सहभागी हुनेछन्।