टोटेनहामलाई पराजित गर्दै चेल्सी शीर्ष चारमा

इन्जो फर्नान्डेजको निर्णायक गोलमा चेल्सीले टोटेनहामलाई १–० ले हराएको हो। जितसँगै चेल्सीको ३० खेलबाट ५२ अंक भएको छ।

काठमाडौँ– टोटेनहामलाई हराउँदै चेल्सी इंग्लिस प्रिमियर लिगको शीर्ष चारमा पुगेको छ। 

बिहीबार राति स्टाम्फोर्ड ब्रिजमा इन्जो फर्नान्डेजको निर्णायक गोलमा चेल्सीले टोटेनहामलाई १–० ले हराएको हो। 

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दोस्रो हाफमा मात्र गोल सम्भव भयो। खेलको ५०औँ मिनेटमा फर्नान्डेजले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। त्यसपछि दुवै टोलीबाट गोल हुन सकेन र चेल्सीले महत्वपूर्ण ३ अंक जोड्न सफल भयो।

जितसँगै चेल्सीको ३० खेलबाट ५२ अंक छ। समान खेलबाट ५१ अंक बनाएको म्यानचेस्टर सिटी पाचौँ तथा ३४ अंक बनाएको टोटेनहान १४औँ स्थानमा छ। 

शीर्ष स्थानको लिभरपुलको ७३ अंक छ। आर्सनल ६१ अंकसहित दोस्रो र नटिंघम फरेस्ट ५७ अंकसहित तालिकाको तेस्रो स्थानमा छन्।