रियल मड्रिड कोपा डेल रेको फाइनलमा

रियल मड्रिडले उपाधिका लागि बार्सिलोना र एट्लेटिको मड्रिडबीचको विजेतासँग खेल्नेछ। 

काठमाडौँ– रियल मड्रिड कोपा डेल रेको फाइनलमा प्रवेश गरेको छ। मंगलबार राति भएको दोस्रो लेगमा रियल सोसिडाडलाई हराउँदै रियल मड्रिड उपाधि नजिक पुगेको हो।

दोस्रो लेगको खेल ४–४ गोलको बराबरी भए पनि पहिलो लेगमा रियल मड्रिड १–० ले विजयी भएको थियो। समग्रमा ५–४ को नतिजासहित फाइनल पुगेको हो। रियलले उपाधिका लागि बार्सिलोना र एट्लेटिको मड्रिडबीचको विजेतासँग खेल्नेछ। यी दुई टोलीको खेल बुधबार राति हुनेछ।

रियल मड्रिड पहिलो ट्रेबल जित्ने योजनामा छ। टोली ला लिगा लिडर बार्सिलोनाभन्दा तीन अंकले पछाडि छ, च्याम्पियन्स लिग क्वार्टरफाइनलमा आर्सनलको सामना गर्दैछ र २१औँ पटक कोपा डेल रेको उपाधिको नजिक छ।