यस्तो रहनेछ बुधबारको मौसम

कोशी र गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपात हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

काठमाडौँ– देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। 

जसको प्रभावले कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानको मौसम मुख्यतया सफा रहेको छ।

दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनीमा आंशिक बदली रही बाँकी स्थानमा आंशिक बदली हुनेछ। कोशी र गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपात हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

यसैगरी, राति कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनीमा आंशिक बदली रहनेछ।