नेपाल टी-२० लिगको फ्रेन्चाइज टोली लुम्बिनी अल स्टारका मुख्य प्रशिक्षक पिटर ट्रेगो बुधबार नेपाल आइपुगेका छन्।
काठमाडौँ– नेपाल टी-२० लिगको फ्रेन्चाइज टोली लुम्बिनी अल स्टारका मुख्य प्रशिक्षक नेपाल आइपुगेका छन्। पहिलो संस्करणको प्रतियोगिताका लागि मुख्य प्रशिक्षक पिटर ट्रेगो बुधबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका हुन्।
अलराउन्डर पिटरसँग २११ टी-२० खेल खेलेको अनुभव छ। उनले यी खेलमा १९५ इनिङ्स ब्याटिङ गर्दै ४ हजार १२७ रन बनाएका छन्। यस क्रममा उनले २१ अर्धशतक प्रहार गरेका छन्।
११७ इनिङ्स बलिङ गरेका उनले २ हजार ४९४ रन दिएर ७८ विकेट लिएका छन्। लुम्बिनीको प्रशिक्षक भने मनोज कटुवाल रहने छन्। टोलीमा अलराउन्डर दीपेन्द्रसिंह ऐरी मार्की खेलाडी रहेका छन्।
लुम्बिनीमा भारतका विपुल शर्मा तथा हरमीत सिंह, इंग्ल्यान्डका प्याट ब्रेन, श्रीलंकाका लाहिरू मिलान्था, दक्षिण अफ्रिकाका क्लाउड भान, भारतीय मूलका अमेरिकन उन्मुक्त चन्द र आयरल्यान्डका ह्यारी टेक्टर विदेशी खेलाडी रहेका छन्।
यस्तै, कुशल भुर्तेल, सुनिल धमला, सागर ढकाल, अनिलकुमार शाह, गुलशन झा, इशान पाण्डे, आकाश चन्द, तिलकराज भण्डारी, किशोर महत र योगन्द्र सिंह कार्की नेपाली खेलाडीको रूपमा रहेका छन्।
कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा हुने पहिलो संस्करणको नेपाल टी-२० लिग पुस ८ गतेबाट २६ गतेसम्म हुनेछ। प्रतियोगिताको उद्घाटन खेलमा काठमाडौँ नाइट्स र पोखरा एभेन्जर्सले प्रतिस्पर्धा गर्ने छन्।
प्रतियोगितामा काठमाडौँ, पोखरा र लुम्बिनीसँगै जनकपुर रोयल्स, फार वेस्टर्न युनाइटेड र विराटनगर सुपर किंग्स सहभागी हुने छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
