इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आइतबार भएका खेलमा दिल्ली क्यापिटल्स र राजस्थान रोयल्स विजयी भएका हुन्।
काठमाडाैँ– इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आइतबार भएका खेलमा दिल्ली क्यापिटल्स र राजस्थान रोयल्स विजयी भएका छन्।
आइतबारको पहिलो खेलमा दिल्ली क्यापिटल्सले सनराइजर्स हैदराबादलाई ७ विकेटले पराजित गर्यो। यो दिल्लीको लगातार दोस्रो जित हो। आन्ध्र प्रदेशको विशाखापट्टनममा रहेको एसीए–भीडीसीए क्रिकेट रंगशालामा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको हैदराबाद १८.४ ओभरमा १६३ रनमा अलआउट भयो। हैदराबादका लागि अनिकेत वर्माले सर्वाधिक ७४ रन बनाए।
दिल्लीले १६४ रनको लक्ष्य १६ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो। टोलीका ओपनर फाफ डु प्लेसिसले ५० र जेक फ्रेजर म्याकगर्कले ३८ रन बनाए। अभिषेक पोरेलले ३४ रन, केएल राहुलले १५ र ट्रिस्टन स्टब्सले २१ रन योगदान गरे।
यस्तै, हिजो भएको दोस्रो खेलमा पाँचपल्टको विजेता चेन्नईलाई राजस्थान रोयल्सले ६ रनले पराजित गरेको हो। राजस्थानको यो पहिलो जित पनि हो।
आसामको गुवाहाटीस्थित बर्सापारा क्रिकेट रंगशालामा राजस्थानले दिएको १८३ रनको लक्ष्य पछ्याएको चेन्नईले ६ विकेट गुमाएर १७६ रन मात्रै बनाउन सक्यो। चेन्नईका कप्तान ऋतुराज गाडकवाडले सर्वाधिक ६३ रन बनाए। यस्तै, राहुल त्रिपाठीले २३ र महेन्द्रसिंह धोनी १६ रनमा आउट हुँदा रवीन्द्र जडेजा ३२ रनमा अविजित रहे।
राजस्थानका वानिदु हसरंगाले सर्वाधिक चार विकेट लिए। जोफ्रा आर्चर र सन्दीप शर्माको नाममा समान एक विकेट रह्यो।
त्यसअघि टस हारेर पहिला ब्याटिङ थालेको राजस्थानले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै १८२ रन बनाएको थियो। राजस्थानका नीतिश रानाले सर्वाधिक ८१ रन बनाए भने कप्तान रियान परागले ३७ रन जोडे।
चेन्नईका नूर अहमद, खलिल अहमद र मथिशा पाथिरानाले समान दुई विकेट लिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
