अमेरिकी लोकतन्त्रको ऐतिहासिक विकास, वर्तमान चुनौती र यसको भावी दिशा के होला, नेपालजस्ता देशका लागि अमेरिकी लोकतन्त्रको सिकाइ के हुन सक्छ?
अमेरिकी लोकतन्त्रको ऐतिहासिक विकास, वर्तमान चुनौती र यसको भावी दिशा के हुन सक्छ? के संस्थाहरू अझै पनि नागरिक स्वतन्त्रता जोगाउन सक्षम छन्? जब सत्ता सन्तुलन खलबलिन्छ, लोकतन्त्र कसरी टिक्छ? अमेरिकी लोकतन्त्रलाई हेर्ने विश्व दृष्टिकोण बदलिँदै छ? नेपालजस्ता देशका लागि अमेरिकी लोकतन्त्रको सिकाइ के हुन सक्छ? के सत्ताको शक्ति सन्तुलनबिना लोकतन्त्र टिक्न सक्छ?
यिनै सवाललाई जोड्दै हरि शर्माले अमेरिकी लोकतन्त्रको ऐतिहासिक जगदेखि हालको राजनीतिक परिस्थिति केलाउने प्रयत्न गर्नुभएको छ। यसअन्तर्गत तीन भागको शृंखलामा शर्माले तीन महत्त्वपूर्ण कृतिको चर्चा गर्नुभएको छ। अमेरिकी लोकतन्त्रको अध्ययन: इतिहास, सैद्धान्तिक बहस र समकालीन सन्दर्भमा किताब चर्चाको विशेष श्रृंखलामा शर्माले अलेक्जिस द टोकेभिलको ‘Democracy in America’, ह्यामिल्टन, म्याडिसन र जेको ‘The Federalist Papers’ र प्याट्रिक जे डेनेनको ‘Regime Change/Why Liberalism Failed’मा केन्द्रित रही चर्चा गर्नुभएको छ।
? Democracy in America – अलेक्जिस द टोकेभिल
टोकेभिल सन् १८३१ मा अमेरिका भ्रमण गरी त्यहाँको लोकतान्त्रिक अभ्यास, नागरिक समाज र शक्ति सन्तुलनलाई नजिकबाट अध्ययन गर्न पुगेका थिए। सन् १८३५ र १८४० मा प्रकाशित दुई खण्डमा उनले अमेरिकामा लोकतन्त्रको जरा, समानताको प्रभाव र समाजमा त्यसले ल्याएको परिवर्तनबारे महत्त्वपूर्ण विश्लेषण प्रस्तुत गरेका छन्। के यी विश्लेषणहरू आज पनि सान्दर्भिक छन्?
? The Federalist Papers – ह्यामिल्टन, म्याडिसन र जे
अमेरिकी संविधान निर्माणको क्रममा लेखिएको The Federalist Papers आधुनिक लोकतन्त्रका लागि मार्गनिर्देशक दस्ताबेज हो। शक्ति सन्तुलन, सरकारको संरचना, र बहुमतीय शासनको महत्वबारे यसले उठाएका प्रश्नहरू आज पनि अमेरिकाको राजनीतिक परिदृश्यमा के कति लागू हुन्छन्?
? Regime Change/Why Liberalism Failed- प्याट्रिक जे डेनेन
लोकतन्त्र जब संस्थागत रूपमा कमजोर बन्दै जान्छ, के हुन्छ? Why Liberalism Failed भन्ने प्याट्रिक डेनेनको पुस्तकले आधुनिक उदारवादले व्यक्तिगत स्वतन्त्रताको नाममा सामाजिक संस्थाहरूलाई कमजोर पार्दै लोकतन्त्रलाई नै अस्थिर बनाइरहेको छ भन्ने दाबी गर्छ। Regime Change पुस्तकले लोकतान्त्रिक प्रणालीमा स्वतन्त्र संस्थाहरू, शक्ति सन्तुलन, र परम्परागत सामाजिक संरचनाहरूको बलमा कसरी टिक्छ भन्ने कुरा बुझाउँछ। जब यी संस्थाहरू ध्वस्त हुन्छन्, सत्ता टिकाउनका लागि जनताका अपेक्षा र राज्यशक्तिबीचको द्वन्द्व बढ्दै जान्छ। के अमेरिकी लोकतन्त्र अहिले यस्तै संकटतर्फ उन्मुख छ?
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
