त्रिभुवन आर्मीलाई ६ विकेटले पराजित गर्दै पुलिसले प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेटको उपाधि जितेको छ।
रुपन्देही– प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ। शनिबार भएको फाइनलमा त्रिभुवन आर्मी क्लबलाई ६ विकेटले पराजित गर्दै पुलिसले उपाधि जितेको हो।
जितका लागि १५५ रनको लक्ष्य पछ्याएको पुलिसले २५.२ ओभरमा चार विकेटको क्षतिमा पूरा गर्यो। उसका लागि ओपनर कुशल भुर्तेलले ६१ रन बनाए। कुल ७० बलको सामना गरेका उनले ७ चौका र ३ छक्का प्रहार गरे। यस्तै, अमित श्रेष्ठले ३९ र दिलीपनाथले अविजित ३१ रन बनाए।
आर्मीका लागि साहब आलमले ३ र नरेन साउदले १ विकेट लिए।
त्यसअघि भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा टस हारेर ब्याटिङको निम्तो पाएको आर्मीले ४३ ओभरमा सबै विकेट गुमाउँदै १५४ रन बनाएको थियो। २५ रनमै ५ विकेट गुमाएको आर्मीका लागि कप्तान विनोद भण्डारी र बसीर अहमदले ७५ रन बढीको साझेदारी गरेका थिए।
उसका लागि बसीर अहमदले १०४ बलको सामना गर्दै ९ चौका र १ छक्काको सहयोगमा ८६ रन बनाए भने कप्तान विनोद भण्डारीले २९ रनको योगदान दिए। त्यसबाहेक विवेक यादवले ११ रन बनाउँदा अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंक समेत जोड्न सकेनन्।
आर्मीलाई सस्तोमै समेट्ने क्रममा बलिङतर्फ नेपाल पुलिसका करण केसीले ७ ओभरमा एक मेडेनसहित ३० रन खर्चेर ३ विकेट लिए। सागर ढकालले ८ ओभरमा २९ रन खर्चेर ३ विकेट लिँदा कप्तान दीपेन्द्र सिंह ऐरीले २ र ललित राजवंशी र गुलशन झाले समान १/१ विकेट लिए।
प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत यसपटक ४६ वटा खेलहरू खेलाइएको थियो। यी सबै खेल पहिलो पटक काठमाडौँ बाहिर रुपन्देहीमा रहेको सिद्धार्थ क्रिकेट रंगशाला, तिलोत्तमामा रहेको एकस्ट्राटेक ओभल क्रिकेट रंगशाला र दाङको लमहीमा रहेको देउखुरी अन्तर्राष्ट्रिय रंगशालामा आयोजना भएको हो। प्रतियोगितामा ७ वटै प्रदेशका टोली र नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको विभागीय टोली सहित १० वटा टोलीले सहभागिता जनाएका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
