कांग्रेस संसदीय दलको निर्वाचन : मतदान सकियो, मतगणना शुरू हुँदै

कांग्रेस संसदीय दलको नेता छान्न बिहान ८ः३० मा शुरू भएको मतदान निर्धारित समयभित्रै सकिएको निर्वाचन समितिले जनाएको छ।

काठमाडौँ– कांग्रेस संसदीय दलको नेता छान्न भएको मतदान सकिएको छ।

बिहान ८ः३० मा शुरू भएको मतदान निर्धारित समयभित्रै सकिएको निर्वाचन समितिले जनाएको छ। मुचुल्का तयार पारेर केहीबेरमै गणना थाल्ने समितिको तयारी छ।

कांग्रेसका ८९ प्रतिनिधिसभा सदस्यमध्ये ८८ जनाले संसदीय दलको कार्यालय र माया राईले ओम अस्पतालबाट खसालेका थिए। राई बिरामी भएकाले अस्पतालबाटै मत दिएकी हुन्। 

दलको नेताका लागि सभापति शेरबहादुर देउवा र महामन्त्री गगनकुमार थापा प्रतिस्पर्धामा छन्।