आईपीएल: हैदरावादमाथि लखनऊको जित

टस हारेर पहिला ब्याटिङ गरेको हैदरावादले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १९० रन बनाएको थियो। 

काठमाडौँ– इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत बिहीबार राति भएको लखनऊ विजयी भएको छ। 

लखनऊले हैदरावादलाई ५ विकेटले हराएको हो। टस हारेर पहिला ब्याटिङ गरेको हैदरावादले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १९० रन बनाएको थियो। 

लखनऊले आक्रामक ब्याटिङ गर्दै १६.१ बलमा ५ विकेटको क्षतिमा १९३ रन बनाएको थियो। आक्रामक ब्याटिङ लाइनअपका रूपमा चिनिने अभिषेक शर्मा, इशन किशन, नितिशकुमार रेड्डी, हेनरिक क्लासेन नचल्दा हैदरावाद पराजित भएको हो ।

यस जितसँगै लखनऊले दुई खेलमा २ अंक जोडेको छ। पहिलो खेलमा लखनऊ दिल्ली क्यापिटल्ससँग पराजित भएको थियो। हैदरावादले भने पहिलो खेलमा राजस्थानलाई हराएको थियो।