पन्जाबसँग गुजरात ११ रनले पराजित

पन्जाबका कप्तान श्रेयस ऐरले अविजित ९७ रन बनाए। ऐरले ४२ बलमा ९ छक्का र ५ चौका प्रहार गरेका थिए।

काठमाडौँ– पन्जाब किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मंगलबार गुजरात टाइटन्सलाई ११ रनले पराजित गरेको छ। 

नरेन्द्र मोदी स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको पन्जाबले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २४३ रन बनाएको थियो। पन्जाबका कप्तान श्रेयस ऐरले अविजित ९७ रन बनाए। ऐरले ४२ बलमा ९ छक्का र ५ चौका प्रहार गरेका थिए। सशांक सिंह ४४ रनमा अविजित रहे। ओपनर प्रिंयाश अर्याले २३ बलमा  ४७ रन बनाए। गुजरातका साई किशोरले ३ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको गुजरातले ५ विकेट गुमाएर २३२ रनमात्र बनाउन सक्यो। ओपनर साई सुदर्शनले ४१ बलमा ७४ रन बनाए। जोस बटलरले ३३ बलमा ५४, सेरफन रदरफोर्डले २८ बलमा ४६ तथा कप्तान शुभमन गिलले १४ बलमा ३३ रन बनाए।