एएफसी एशियन कप छनोटअन्तर्गत मंगलबार भएको खेलमा नेपाल मलेसियासँग पराजित भएको छ।
काठमाडौँ– एएफसी एशियन कप २०२७ तेस्रो चरणको छनोटअन्तर्गत मंगलबार साँझ भएको खेलमा नेपाल मलेसियासँग पराजित भएको छ। मलेसियाको सुल्तान इब्राहिम स्टेडियममा भएको खेलमा नेपाल मलेसियासँग २-० गोल अन्तरले पराजित भएको हो।
मलेसियाको जितमा हेक्टोर हेभेल र ला’भेरे कोर्बिन ओङले १/१ गोल गरे। नेपालले दुवै हाफमा १/१ गोल बेहोर्यो।
सिंगापुरलाई १–० गोल अन्तरले पराजित गर्दै उच्च मनोवलका साथ मलेसिया पुगेको नेपाली टिम पहिलो खेलमै पराजित भएको हो। चैत ७ गते सिंगापुरको नेसनल स्टेडियममा भएको मैत्रीपूर्ण खेलमा जेलेस्पीजंग कार्कीको निर्णायक गोलसँगै नेपालले सिंगापुरलाई ३६ वर्षपछि पराजित गरेको थियो।
नेपाल फिफा वरीयतामा १७५औँ स्थानमा छ भने मलेसिया १३२औँ स्थानमा छ। पुरुष फुटबलमा यसअघि भएका सात भेटमा नेपालले मलेसियालाई पराजित गर्न सकेको थिएन। मलेसियाले ६ खेल जित्दा एक खेल भने बराबरीमा सकिएको थियो।
मंगलबारको खेल नेपालमा हुनुपर्नेमा दशरथ रंगशालालाई अन्तर्राष्ट्रिय मान्यता नदिएको कारण नेपाली टोली मलेसिया गएको हो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
