इजरायली सेनाले हमासले अस्पताल तथा धार्मिक स्थलहरूलाई ढालको रूपमा प्रयोग गरेको आरोप लगाउँदै आएको छ।
काठमाडाैँ– इजरायली सेनाले गाजाको नासेर अस्पतालमा गरेको आक्रमणमा दुई शीर्ष हमास कमान्डरको मृत्यु भएको छ। इजरायल रक्षा बलले सामाजिक सञ्जाल एक्समा एक पोस्ट साझा गर्दै नासेर अस्पताल भित्रबाट सञ्चालन गरिरहेका दुई प्रमुख हमास कमान्डरहरू मारिएका जानकारी दिएको हो।
गुप्तचर जानकारी लिएर सटीक हतियारहरू प्रयोग गरी आक्रमण गरिएको इजरायली सेनाले जनाएको छ। इजरायली सेनाले हमासले नागरिक स्थल (अस्पताल, विद्यालयलगायत)हरूलाई ढालको रूपमा प्रयोग गरेको आरोप लगाउँदै आएको छ। हमासले घातक आक्रमणको योजना बनाउन र सञ्चालन गर्न अस्पताललाई लुक्ने ठाउँको रूपमा प्रयोग गर्दै आएको र यो अन्तर्राष्ट्रिय कानूनको प्रत्यक्ष उल्लंघन भएको इजरायलको आरोप छ।
इजरायली रक्षा बलले दुई शीर्ष हमास कमान्डर मारिएको पुष्टि गरेको छ। सेनाले हमासको गाजा ब्रिगेडका उपकमान्डर र हमासको शेजैया बटालियन कमान्डर मारिएको बताएको छ। तीमध्ये अहमद सलमान अवाज शिमालीले हमासको आक्रामक रणनीतिको सञ्चालन र योजनाको जिम्मेवारी सम्हालिरहेका तथा जमील उमर जमील वाडिया इजरायल रक्षा बलविरुद्ध बटालियनलाई तैनाथ र पुनर्स्थापित गर्ने जिम्मेवारीमा रहेको इजरायली सेनाको दाबी छ।
गाजामा हालसम्म ५० हजार मानिसको मृत्यु भइसकेको छ। साथै, एक लाख १३ हजार २७४ जना घाइते भएका छन्।
इजरायलले पनि युद्धमा घाइते भएका आफ्ना सैन्य कर्मचारीहरूको संख्या द्रुत गतिमा बढिरहेको बताएको छ। इजरायलको रक्षा मन्त्रालयको पुनर्वास विभागले आइतबार जारी गरेको तथ्यांक अनुसार हाल ७८ हजारभन्दा बढी घाइते सैन्य कर्मचारीहरू छन्।
तीमध्ये, २०२३ को अक्टोबर ७ मा हमासको आक्रमणपछि १६ हजार घाइते भएका थिए। घाइतेमध्ये ६६ प्रतिशत रिजर्भ सैनिकहरू छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
