इन्डियन प्रिमियर लिग (आईपीएल)मा चेन्नई सुपर किंग्स र सनराइजर्स हैदराबादले विजयी शुरूआत गरेका छन्।
काठमाडाैँ– इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा चेन्नई सुपर किंग्स र सनराइजर्स हैदराबादले विजयी शुरूआत गरेका छन्।
आइतबार भएको पहिलो खेलमा हैदराबादले राजस्थान रोयल्सलाई ४४ रनले पराजित गर्दै विजयी भयो। जितसँगै हैदराबादले दुई अंक जोडेको छ।
हैदराबादले दिएको २८७ रनको लक्ष्य पछ्याएको राजस्थानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २४२ रनमा समेटियो। राजस्थानका लागि ध्रुव जुरेलले ३५ बलमा छ चौका र पाँच छक्काको मद्दतले सर्वाधिक ७० रनको योगदान गरे। यसैगरी सन्जु सामसनले ३७ बलमा सात चौका र चार छक्कासहित ६६ रन जोडे भने सिम्रन हेटमायरले ४२, शुभम दुबेले अविजित ३४ तथा नितेश राणाले ११ रन बनाए।
हैदराबादका लागि हर्षल पटेल र सिमरजित सिंहले समान दुई/दुई विकेट लिए भने मोहम्मद शामी र एडम जाम्पाले समान एक/एक विकेट लिए।
त्यसअघि राजिव गान्धी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हैदराबादले निर्धारित २० ओभरमा छ विकेट गुमाउँदै २८६ रनको योगफल बनाएको थियो। हैदराबादका लागि इशान किसनले ४७ बलमा ११ चौका र छ छक्काको मद्दतले अविजित १०६ रनको योगदान दिए। यसैगरी ट्रभिस हेडले ३१ बलमा नौ चौका र तीन छक्कासहित ६७ रन बनाए। हेनरिक क्लासनले ३४, नितिशकुमार रेड्डीले ३० र अभिषेक शर्माले २४ रन बनाए।
राजस्थानका लागि तुषार देशपाण्डेले तीन विकेट लिए भने महेश तिक्क्षणाले दुई तथा सन्दीप शर्माले एक विकेट लिए।
यस्तै, आइतबार सम्पन्न दोस्रो खेलमा चेन्नई सुपर किंग्सले मुम्बई इन्डियन्सलाई चार विकेटले पराजित गर्यो। मुम्बईले दिएको १५६ रनको लक्ष्य पछ्याएको चेन्नईले १९.१ ओभरमा ६ विकेट गुमाउँदै १५८ रन बनायो।
चेन्नईका रचिनले अविजित रहँदै सर्वाधिक ६५ रन बनाए। ४५ बल खेलेका उनले दुई चौका र चार छक्का प्रहार गरे। ऋतुराजले २६ बलमा ६ चौका र तीन छक्कासहित ५३ रनको आक्रामक इनिङ्स खेले। रवीन्द्र जडेजा १७ रनमा आउट भए। महेन्द्रसिंह धोनी आठौं नम्बरमा आएका थिए। तर, दुई बल खेले पनि रन बनाउन सकेनन्। उनी अविजित रहे। अन्य ब्याटर चल्न सकेनन्।
मुम्बईका बिग्रेस पुथुरले सर्वाधिक तीन विकेट लिए। चार ओभर बलिङ गरेका उनले ३२ रन खर्चिए। दीपक चाहर र विल ज्याक्सको नाममा समान एक विकेट रह्यो।
त्यसअघि एमए चिदाम्बरम स्टेडियममा टस हारेर पहिला ब्याटिङ थालेको मुम्बईले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १५५ रन मात्रै बनाउन सक्यो। अहमदले ओपनर रोहित शर्मालाई शून्य र रियान रिकेल्टनलाई १३ रनमै आउट गरेपछि चेन्नईले खेलमा पकड जमाएको थियो।
मुम्बईका तिलक बर्माले सर्वाधिक ३१ रन बनाए। दीपक चाहर २८ रनमा अविजित रहँदा कप्तान सूर्यकुमार यादव २९, नमन धर १७ रनमा आउट भए। अन्यले राम्रो ब्याटिङ गर्न सकेनन्।
चेन्नईका नूर अहमदले सर्वाधिक चार विकेट लिए। चार ओभर बलिङ गरेका उनले १८ रन खर्चिए। खलिल अहमदले तीन विकेट लिँदा नाथन इलिस र रविचन्द्र अश्विनको नाममा समान एक विकेट रह्यो। यो जितसँगै चेन्नईले २ अंक जोडेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
