आईपीएलअन्तर्गत आइतबार भएको पहिलो खेलमा सनराइजर्स हैदरावादले राजस्थान रोयल्सलाई ४४ रनले पराजित गरेको छ।
काठमाडौँ– इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आइतबार भएको पहिलो खेलमा सनराइजर्स हैदरावादले विजयी शुरूआत गरेको छ।
भारतको राजिव गान्धी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न खेलमा हैदरावादले राजस्थान रोयल्सलाई ४४ रनले पराजित गरेको हो। जितसँगै हैदरावादले दुई अंक जोडेको छ।
हैदरावादले दिएको २८७ रनको लक्ष्य पछ्याएको राजस्थानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै दुई सय ४२ रनमा समेटियो। राजस्थानका लागि ध्रुव जुरेलले ३५ बलमा छ चौका र पाँच छक्काको मद्दतले सर्वाधिक ७० रन बनाए।
यसैगरी सन्जु सामसनले ३७ बलमा सात चौका र चार छक्कासहित ६६ रन जोडे भने सिम्रन हेटमायरले ४२, शुभम दुबेले अविजित ३४ तथा नितेश राणाले ११ रन बनाए।
हैदरावादका लागि हर्षल पटेल र सिमरजित सिंहले समान २/२ विकेट लिए भने मोहम्मद शामी र एडम जाम्पाले समान १/१ विकेट लिए।
त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हैदरावादले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २८६ रनको योगफल बनाएको थियो।
हैदरावादका लागि इशान किसनले ४७ बलमा ११ चौका र ६ छक्काको मद्दतले अविजित १०६ रनको योगदान दिए।
यसैगरी ट्रभिस हेडले ३१ बलमा ९ चौका र ३ छक्कासहित ६७ रन बनाए। हेनरिक क्लासनले ३४, नितिशकुमार रेड्डीले ३० र अभिषेक शर्माले २४ रन बनाए।
राजस्थानका लागि तुषार देशपाण्डेले ३ विकेट लिए भने महेश तिक्क्षणाले २ तथा सन्दीप शर्माले १ विकेट लिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
