नेपाल टी-२० लिगको फ्रेन्चाइज टोली जनकपुर रोयल्सले वेस्ट इन्डिजका ट्रेभोन ग्रिफिथको कप्तानीमा १७ सदस्यी टोली घोषणा गरेको छ।
काठमाडौँ– नेपाल टी-२० लिगको फ्रेन्चाइज टोली जनकपुर रोयल्सले आफ्नो टोली घोषणा गरेको छ। जनकपुरले मंगलबार वेस्ट इन्डिजका ट्रेभोन ग्रिफिथको कप्तानीमा १७ सदस्यीय टोली घोषणा गरेको हो। टोलीमा मार्की खेलाडी सोमपाल कामी छन्।
टोलीमा वेस्ट इन्डिजका ग्रिफिथ, केस्रिक विलियम्स तथा चाडविक वाल्टन, अफगानिस्तानका शरफुदिन असरफ तथा शमिउल्लाह सिनवारी र श्रीलंकाका अशान प्रियान्जन गरी ६ विदेशी खेलाडी छन्।
ललितनारायण राजवंशी, पवन सरार्फ, सुशन भारी, सन्दीप जोरा,आदिल आलम, दिलीप नाथ,सागर पुन, जितेन्द्र मुखिया, खड्क बोहोरा र राजेश पुलामी नेपाली खेलाडीको रूपमा रहेका छन्।
नेपाली राष्ट्रिय टोलीका पूर्वप्रशिक्षक रहिसकेका भारतका उमेश पटवाललाई जनकपुरले मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको छ। उनले टोलीमा अनुभवी र राम्रा खेलाडी भएको कारण उपाधि जित्ने दाबी गरे। "हाम्रो टोलीमा अनुभवी र राम्रा खेलाडी छन्। हाम्रो लक्ष्य उपाधि जित्ने हो," उनले भने।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुने पहिलो संस्करणको नेपाल टी-२० लिग पुस ८ गतेबाट २६ गतेसम्म हुनेछ। प्रतियोगिताको उद्घाटन खेलमा काठमाडौँ नाइट्स र पोखरा एभेन्जर्सले प्रतिस्पर्धा गर्ने छन्।
प्रतियोगितामा काठमाडौँ, पोखरा र जनकपुरसँगै फार वेस्टर्न युनाइटेड, विराटनगर सुपर किंग्स र लुम्बिनी अल स्टार सहभागी हुने छन्।

Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
