विराट कोहली र फिलिप साल्टको अर्धशतकमा बेंगलुरुले साविक विजेता कोलकात्ता नाइट राइडर्सलाई ७ विकेटले हराएको छ।
काठमाडौँ– इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको १८औँ संस्करणमा रोयल च्यालेन्जर्स बेंगलुरुले विजयी शुरूआत गरेको छ।
विराट कोहली र फिलिप साल्टको अर्धशतकमा बेंगलुरुले साविक विजेता कोलकात्ता नाइट राइडर्सलाई ७ विकेटले हराएको हो।
शनिबार इडन गार्डेनमा भएको खेलमा कोलकात्ताले दिएको १७५ रनको लक्ष्य बेंगलुरुले १६.२ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो। बेंगलुरुका विराट कोहलीले ३६ बलमा अविजित ५९ रन बनाए। साल्टले ५६ तथा रजत पाटिदारले ३४ रन बनाए। कोलकात्ताका वरुण चक्रवर्ती, वैभव अरोरा र सुनिल नरयानले समान १ विकेट लिए।
त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कोलकात्ताले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १७४ रन बनाएको थियो। कोलकात्ताका अजिन्क्या रहानेले तथा सुनिल नरायनले समान ४४ रन बनाए। बेंगलुरुका क्रुनाल पाण्ड्याले ३ तथा जोश हेजलवूडले २ विकेट लिए।
आईपीएलअन्तर्ग आइतबार सनराइजर्स हैदराबाद र राजस्थान रोयल्स तथा मुम्बई इन्डियन्स र चेन्नई सुपर किङ्स खेल्ने छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
