म्याग्दीको धवलागिरि गाउँपालिका–२ लुलाङमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
म्याग्दी– धवलागिरि गाउँपालिका–२ लुलाङमा बिहीबार अपराह्न ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
देउरालीदेखि लुलाङतर्फ जाँदै गरेको ग ७१ त ९० नम्बरको ट्याक्टर ढोलढार भन्ने ठाउँमा दुर्घटना हुँदा लुलाङका २० वर्षीय पूर्णलाल रसाइलीको घटनास्थलमै मृत्यु भएको हो। सो दुर्घटनामा चार जना घाइते भएको घटनास्थलमै रहेको धवलागिरि गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले जानकारी दिए।
तीन घाइतेको लुलाङ स्वास्थ्यचौकीमा उपचार भइरहेको र एक जनालाई एम्बुलेन्समा राखेर थप उपचारका लागि बेनी पठाइएको छ। ताकम प्रहरी चौकीको टोली घटनास्थलतर्फ जाँदै गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
