कोशी सरकारको बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुखसमक्ष चालु अधिवेशन अन्त्यका लागि सिफारिस गर्ने निर्णय गरेको प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ।
विराटनगर– कोशी प्रदेशसभाको चालु छैटौँ अधिवेशन बिहीबार राति १२ बजेदेखि अन्त्य हुँदैछ। कोशी सरकारको बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुखसमक्ष चालु अधिवेशन अन्त्यका लागि सिफारिस गर्ने निर्णय गरेको प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री रेवतीरमण भण्डारीले जानकारी दिए।
उनका अनुसार बैठकले ‘कोशी प्रदेश जनस्वास्थ्य नियमावली, २०८१’ लाई स्वीकृति गर्ने निर्णय गरेको छ। प्रदेश सरकारका प्रवक्तासमेत रहेका मन्त्री भण्डारीले समस्याग्रस्त सहकारी संस्था तथा संघ व्यवस्थापन समितिको सदस्यसचिवमा चन्द्रबहादुर कार्कीलाई तोक्ने निर्णय गरिएको बताए। समस्याग्रस्त सहकारी व्यवस्थापन समिति कार्यालयका लागि १ करोड २८ लाख ६० हजार रुपैयाँ रकम बाँडफाँट गर्न स्वीकृति प्रदान गरिएको छ।
मन्त्रिपरिषद् बैठकले प्रदेश सरकारबाट स्थानीय तहलाई प्रदान गर्ने वित्तीय समानीकरण अनुदानका लागि अनुमानित सीमा १ अर्ब ५० करोड रुपैयाँ तथा राजस्व बाँडफाँटको अनुमानित सीमा १ अर्ब १० करोड रुपैयाँ स्वीकृत गर्ने निर्णय गरेको छ।
साथै उच्च तथा जिल्ला अदालत सुदृढीकरणका लागि १ करोड ५० लाख रुपैयाँ बाँडफाँट गर्न स्वीकृत प्रदान गरेको मन्त्री भण्डारीले जानकारी दिए। राजनीतिक तथा प्रशासन समितिबाट परिमार्जित ‘आर्थिक मामिला तथा योजना मन्त्रालय र मातहतका कार्यालयको संगठन संरचना तथा दरबन्दी तेरिज, २०८१’ पनि बैठकले स्वीकृत गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
