कोभिड–१९ अघि देशभरमा ब्रोइलर कुखुराको चल्ला कोरल्ने ३४८ ह्याचरी उद्योग सञ्चालनमा थिए। अहिले यो संख्या १२० मा झरेको छ। यस्तै, १४ वटा रहेको लेयर्स ह्याचरी ६ वटामा झरेको छ।
चितवन– कुखुराको चल्ला कोरल्न प्रयोग गरिने २३६ ह्याचरी उद्योग बन्द भएका छन्। कोभिडपछि लागत मूल्यमा चल्ला बिक्री हुन छाडेपछि उद्योग बन्द भएका हुन्।
नेपाल पोल्ट्री महासंघका उपाध्यक्ष टीकाराम पोखरेलका अनुसार कोभिड–१९ अघि देशभरमा ब्रोइलर कुखुराको चल्ला कोरल्ने ३४८ ह्याचरी उद्योग सञ्चालनमा थिए। अहिले यो संख्या १२० मा झरेको छ। यस्तै, १४ वटा रहेको लेयर्स ह्याचरी घटेर ६ वटामा झरेको छ।
सातामा ५५ लाख ब्रोइलर चल्ला उत्पादन हुने गरेकामा अहिले ३० लाख उत्पादन हुने गरेको उनले जानकारी दिए। लेयर्स चल्ला सातामा दुई लाख ५० हजारबाट एक लाख ३० हजारमा झरेको छ। पोखरेलका अनुसार ब्रोइलर चल्लाको लागत मूल्य प्रतिगोटा ५५ देखि ६० रुपैयाँसम्म पर्छ। लेयर्सको मूल्य १२० देखि १२५ रुपैयाँ पर्छ।
नेपाल ह्याचरी उद्योग संघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष राजेन्द्र लामिछानेका अनुसार कोभिडपछि दुई वर्षसम्म चल्लाको लागत मूल्य नपाउँदा ती ह्याचरी बन्द भएका हुन्। “लामो समय चल्लाले मूल्य नपाउँदा अधिकांश ह्याचरी बन्द भए,” उनी भन्छन्, “चलेकाहरू पनि बैंकको ऋण थपेर धानिएका छन्।”
चल्लाले मूल्य नपाउनु, दाना र औषधिको मूल्य बढ्नु, बैंकको व्याज बढी हुनु, मासुको मूल्य कम भएर कुखुरा पाल्ने किसान विस्थापित हुनु, भारतीय अवैध चल्ला भित्रनुलगायत कारण यहाँका ह्याचरी उद्योग र कुखुरा पाल्ने किसान विस्थापित भएका हुन्।
संघका पूर्वकेन्द्रीय अध्यक्ष ऋषिराम पौडेलका अनुसार ह्याचरी उद्योग बन्द हुँदै गर्दा फार्मसमेत बन्द हुन्छन्। यसबाट एउटै ह्याचरीको करोडौँ नोक्सान हुन्छ। “एउटा ह्याचरी उद्योग सञ्चालन गर्न कम्तीमा ४० करोडभन्दा बढी लगानी हुन्छ,” उनी भन्छन्, “पाँच बिघा जमिन कम्तीमा आवश्यक पर्छ। जग्गाको मूल्य बढ्दै जाँदा लागत मूल्यसमेत बढेको छ।”
नेपालमा ह्याचरी उद्योगले अधिकांश प्यारेन्ट (माउ) विदेशबाट ल्याउने गर्छन्। पौडेलका अनुसार त्यस्तो एउटा चल्लाको मूल्य ७०० रुपैयाँ पर्न आउँछ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
