अछामको बाटुलासैन केन्द्रबिन्दु भएर भूकम्प

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार मंगलबार बिहान ६:३३ बजे अछामको बाटुलासैन आसपास केन्द्रबिन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प गएको हो।

काठमाडौँ– अछामको बाटुलासैन केन्द्रबिन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार मंगलबार बिहान ६:३३ बजे अछामको बाटुलासैन आसपास केन्द्रबिन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प गएको हो।

यसअघि गत फागुन २४ गते बाग्लुङ जिल्लाको खुङखानी आसपास केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको थियो। नेपालमा पछिल्लो समय भूकम्प जाने क्रम जारी छ। नेपाल हिमालय क्षेत्र भएका कारण भूकम्पको जोखिम क्षेत्रका रूपमा लिने गरिन्छ।