सामुदायिक वनमा लागेको डढेलो बस्ती पस्दा भोजपुर नगरपालिका–१२, पारपानीका आठ घर र आठ वटै पाली जलेर नष्ट भएका छन्।
भोजपुर– सामुदायिक वनमा लागेको डढेलो बस्ती पस्ता भोजपुर नगरपालिका–१२, पारपानीका आठ घर र आठ वटै पाली जलेर नष्ट भएको छ। पारपानी टङ्टंकेडाँडास्थित इनामे सामुदायिक वनमा लागेको आगो बस्ती पसेको हो।
आगलागीबाट पारपानीका स्थानीय शम्भु चापागाईंको पाली, सोभित श्रेष्ठको घर पाली, गोमा दर्जीको घर, रामबहादुर कार्कीको घर पाली, गोपीकृष्ण धमलाको पाली, रुद्रप्रसाद ढकालको घर पाली, शेखर धमलाको घर, तीर्थप्रसाद सुवेदीको घर पाली, चन्द्रप्रसाद सुवेदीको घर, रामबहादुर कार्कीको घर पाली र गोविन्द चापागाईंको पाली जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख युवराज तिमिल्सिनाले जानकारी दिए।
अत्यधिक हावाहुरीका कारण आगो निभाउन नसकेपछि बस्तीमा क्षति पुगेको डिएसपी तिमिल्सिनाले बताए। आगलागीबाट ढुंगा र माटोले बनेका घरमा क्षति पुगेको हो। आगो निभाउन स्थानीय, प्रहरी, सशस्त्र प्रहरी, नगरपालिकाको दमकल प्रयोग गरी प्रयास भइरहेको तर हालसम्म निभाउन नसकिएको प्रहरीले जनाएको छ।
हावाहुरीसँगै आगलागी हुँदा रामप्रसाद राई गाउँपालिका–४ दलगाउँ केराबारीमा पाँच घरभन्दा बढी जलेर नष्ट भएको छ। सो वडाका वडाध्यक्ष बाबुकुमार राईले आगलागी पूर्ण रूपमा निभाउन नसकिएकाले क्षतिको विवरण अझै बढन् सक्ने बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
