शैलुङको वन क्षेत्रमा ठूलो क्षति गरेको डढेलो अझै नियन्त्रणमा आउन सकेको छैन।
रामेछाप– दोरम्बा शैलुङ गाउँपालिकामा सामुदायिक वनमा आगो लगाएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
दोरम्बा शैलुङ गाउँपालिका–३ टोकरपुरको छहरेछाप डाँडा सामुदायिक वन र सोही स्थानको लालिगुँरास सामुदायिक वनमा आगो लगाएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय रामेछापका निरीक्षक तथा सूचना अधिकारी कौशल न्यौपानेका अनुसार पक्राउ पर्नेमा दोरम्बा शैलुङ गाउँपालिका–३ टोकरपुरका ५० वर्षीय पदमबहादुर विक र उनैकै भाइ ४५ वर्षीय चन्द्रबहादुर विक रहेका छन्।
सामुदायिक वनको जंगलमा आगो लगाई भागेको भन्ने सूचनाको आधारमा खोजी गर्दा शनिबार उनीहरू पक्राउ परेका प्रहरीले जनाएको छ। नियन्त्रणमा लिएका दुवै जनालाई अनुसन्धानको लागि डिभिजन वन कार्यालय रामेछापमा बुझाइएको प्रहरीले जानकारी दिएको छ।
सो जंगलमा शुक्रबार टोकरपुरको छाङखोलाको छेउबाट आगो लागेको थियो। आगो अहिले शैलुङको जंगलमा फैलिएको छ। आगोले शैलुङको वन क्षेत्रमा ठूलो क्षति भएको छ। आगो अझै नियन्त्रणमा आउन सकेको छैन।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
