होली खेल्ने क्रममा छुरा प्रहार गरी हत्या गरिएका आशु यादवका परिवार र स्थानीयले जनकपुर–जलेश्वर सडकखण्डमा टायर बालेर प्रदर्शन गरेका छन्।
जनकपुर– होली खेल्ने क्रममा छुरा प्रहार गरी हत्या गरिएको १८ वर्षीय आशु यादवका परिवारजन र स्थानीयले जनकपुर–जलेश्वर सडकखण्ड अवरुद्ध गरी प्रदर्शन गरेका छन्।
उनीहरूले मृतक आशुको शव सडकबीचमै राखेर प्रदर्शन गरेका हुन्। उनीहरू आशुको हत्यामा संलग्न अन्य दोषीलाई यथाशीघ्र पक्राउ तथा क्षतिपूर्तिको माग गर्दै टायर बालेर सडक अवरुद्ध पारेका थिए।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार शनिबार साँझ ५ बजेतिर होली खेल्ने क्रममा विवाद हुँदा स्थानीय लक्ष्मण महतोका छोरा २१ वर्षीय धर्मेन्द्र महतोले आशुमाथि छुरा प्रहार गरेका थिए।
छाती, ढाड र पेटमा छुरा प्रहारबाट गम्भीर घाइते आशुको उपचारका क्रममा प्रादेशिक अस्पताल जनकपुरमा शनिबार साँझ मृत्यु भएको थियो। प्रहरीले तत्कालै छुरासहित धर्मेन्द्रलाई पक्राउ गरेको थियो।
आशुका परिवारजनले आशुको हत्यामा अन्य युवकको पनि संलग्नता रहेको आरोप लगाएका छन्। उनीहरूले आशुको हत्यामा संलग्न सबैलाई पक्राउ गरी कानून कारबाही गर्नुपर्ने माग गरेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
