बाँकेको कोहलपुरमा जिपको ठक्करबाट एक जना पैदलयात्रुको मृत्यु भएको छ।
नेपालगन्ज– पूर्व–पश्चिम राजमार्गअन्तर्गत बाँकेको कोहलपुरमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको जिपको ठक्करबाट पैदलयात्रुको मृत्यु भएको छ।
जिपको ठक्करबाट कोहलपुर नगरपालिका–१५ का ६० वर्षीय अटवारी थारूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक दीपक पातलीले जानकारी दिए।
सडक छेउमा पैदलयात्रा गरिरहेका थारूलाई प्र २०३ ००१ च ३९९२ नं जिपले ठक्कर दिएको हो।
इलाका प्रहरी कार्यालय, सुनवलको टोलीले जिप चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
