भारतले न्युजिल्यान्डलाई ४ विकेटले पराजित गर्दै च्याम्पियन्स ट्रफीको उपाधि जितेको छ।
काठमाडौँ– आईसीसी च्याम्पियन्स ट्रफीको उपाधि भारतले जितेको छ। आइतबार भएको फाइनलमा न्युजिल्यान्डलाई ४ विकेटले पराजित गर्दै भारत च्याम्पियन्स ट्रफी क्रिकेटको च्याम्पियन बनेको हो।
योसँगै भारतले तेस्रो पटक च्याम्पियन्स ट्रफी जितेको हो। भारतले यसअघि सन् २००२ मा पहिलो पटक र सन् २०१३ मा दोस्रो पटक च्याम्पियन्स ट्रफीको उपाधि जितेको थियो।
आइतबार भएको फाइनल खेलमा न्युजिल्यान्डले दिएको २५२ रनको लक्ष्य भारतले ४९ ओभर खेल्दै ६ विकेट गुमाएर पूरा गर्यो।
भारतको जितमा कप्तान रोहित शर्माले सर्वाधिक ७६ रन बनाए। त्यस्तै, श्रेयस अय्यरले ४८ रन जोडे भने केएल राहुल ३४ रनमा अविजित रहे।
बलिङतर्फ न्युजिल्यान्डका मिचेल सान्टनर र माइकल ब्रेसवेलले समान २-२ विकेट लिँदा काइल जेमिसन र रचिन रवीन्द्रको नाममा समान १/१ विकेट रह्यो।
त्यसअघि यूएईको दुबई अन्तर्राष्ट्रिय रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले ५० ओभर खेल्दै ७ विकेटको क्षतिमा २५१ रन जोड्यो।
न्युजिल्यान्डका लागि डारिल मिचेलले सर्वाधिक ६३ रन बनाए भने माइकल ब्रेसवेलले अविजित ५३ रन जोडे। रचिन रवीन्द्रले ३७ रन जोड्दा ग्लेन फिलिप्सको नाममा ३४ रन रह्यो।
भारतका लागि वरुण चक्रवर्ती र कूलदीप यादवले समान २-२ विकेट लिए। त्यस्तै, मोहम्मद शामी र रवीन्द्र जडेजाले १-१ विकेट लिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
