बागमती प्रदेशसभामा शपथग्रहणको मिति निर्धारण गर्न पुस ८ गते सर्वदलीय बैठकको आह्वान गरिएको छ।
मकवानपुर- बागमती प्रदेशसभामा नवनिर्वाचित प्रदेशसभा सदस्यहरूको शपथग्रहणको मिति र समय निर्धारण गर्ने उद्देश्यले यही पुस ८ गते दिनको ११ बजे प्रदेशसभा सचिवलायमा सर्वदलीय बैठक आह्वान गरिएको छ।
सर्वदलीय बैठकबाट नवनिर्वाचित सदस्यहरूलाई शपथग्रहण गराउन सबै प्रदेशसभाका सदस्यहरूलाई सूचना सम्प्रेषण गरिएको सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए।
यसैगरी बागमती प्रदेशसभामा नुवाकोट जिल्लाको क्षेत्र नं २ (१) बाट प्रत्यक्षतर्फ निर्वाचित ७२ वर्षका रामप्रसाद ढुङ्गाना वर्तमान प्रदेशसभामा ज्येष्ठ सदस्य भएका छन्। उनी नेकपा (माओवादी केन्द्र) का तर्फबाट प्रदेशसभाको प्रत्यक्षतर्फको उम्मेदवार भई नुवाकोटबाट विजयी भएका हुन्।
बागमती प्रदेशसभाको हाल सभामुख र उपसभामुखको निर्वाचन नभइसकेको अवस्थामा प्रदेशसभाको ज्येष्ठ सदस्य ढुङ्गानाले केही दिनभित्रै प्रदेशप्रमुख यादव चन्द्र शर्माबाट शपथग्रहण गरेपछि प्रदेशसभाका बाँकी एक सय नौजना सदस्यहरूलाई उनले नै शपथ गराउन कार्यसूची रहेको प्रदेशसभाका सचिव खड्काले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
