एक करोड ७० लाखभन्दा बढी ट्विटर प्रयोगकर्ताहरू मध्येबाट ५७.५ प्रतिशतले एलन मस्कको विपक्षमा मतदान गरेका थिए।
ट्विटरका प्रयोगकर्ताहरूले सोमबार विवादास्पद मालिक एलोन मस्कलाई सीईओको पदबाट हटाउनका लागि मतदान गरेका छन्। उनले आफ्नो ट्विटरमार्फत आफू सीईओबाट हट्दा उचित हुने कि नहुने भन्दै पोल गरेका थिए।
उक्त पोलमा धेरै ट्विटर प्रयोगकर्ता सीईओबाट हट्नका लागि मतदान गरेपछि उनले कार्यान्वयन गरेर सम्मान गर्ने वाचा गरेका छन्। मस्कले प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी लिएको केही हप्तापछि ट्विटर प्रयोगकर्ताहरूमा सो सर्वेक्षण गरेका हुन्।
एक करोड ७० लाखभन्दा बढी ट्विटर प्रयोगकर्ताहरूमध्येबाट ५७.५* प्रतिशतले उनको विपक्षमा मतदान गरेका थिए।
मस्क कार निर्माता टेस्ला र रकेट फर्म स्पेसएक्सका समेत मालिक हुन्। उनी अक्टोबर २७ मा ट्विटरको प्रमुख भएदेखि बारम्बार विवादमा आएका थिए।
उनले कम्पनीका आधा कर्मचारीलाई बर्खास्त गरेको, पत्रकारहरूलाई प्रतिबन्ध लगाएको र पहिले नि:शुल्क सेवाहरूको लागि शुल्क लिन खोजेपछि उनीविरुद्ध आक्रोश बढेको थियो।
*सच्याइएको
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
