बर्खाको समयमा खोला उर्लिएर आउँदा गलकोट नगरपालिकाको हटिया बजार, दुधिलाभाटी, आँगाखेतलगायत बस्ती जोखिममा पर्ने भएकाले तटबन्ध गर्न थालिएको हो।
ढोरपाटन– बागलुङको गलकोटमा बस्ती संरक्षणका लागि दरमखोला र गौदीखोलामा तटबन्ध गर्न थालिएको छ। बर्खाको समयमा खोला उर्लिएर आउँदा गलकोट नगरपालिकाको हटिया बजार, दुधिलाभाटी, आँगाखेतलगायत बस्ती जोखिममा पर्ने हुँदा तटबन्ध गर्न थालिएको हो।
जलस्रोत तथा सिँचाइ विकास विभागबाट विनियोजित ५० लाख रुपैयाँ लागतमा तटबन्ध गर्न थालिएको गलकोट नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारीले जानकारी दिए। नदी कटान रोक्नका लागि चालु आर्थिक वर्षमा गलकोट नगरपालिका–१, ३, ६ र ११ का बस्ती संरक्षण गर्न थालिएको उनको भनाइ छ।
तटबन्धको लागि उपभोक्ता समितिमार्फत काम तीव्र गतिमा भइरहेको भण्डारीले बताए। हिउँदमा पानीको बहाव कम हुँदा जोखिम नभए पनि बर्खामा खोला बढेर बस्तीमा पस्ने समस्या भएपछि तटबन्ध गर्न थालिएको उनले बताए। गलकोट नगरको बजार क्षेत्र नदी किनारमा रहेको हुँदा कटान हुने जोखिम रहेको भण्डारीको भनाइ छ।
“गलकोट क्षेत्रमा धेरै खोलानाला छन्, यी खोलाहरूले बर्खामा बस्ती नै जोखिममा पार्ने गरेका छन्, नगरपालिका, प्रदेश र केन्द्र सरकारको सहकार्यमा कटान रोक्नका लागि तटबन्ध गर्दै आएका छौँ, यस वर्ष पनि पचास लाखको लगानीमा तटबन्धको काम धमाधम भइरहेको छ, तटबन्धले बस्ती संरक्षण हुनेछ,” उनले भने।
गलकोट नगरपालिका–३ मा ३५ मिटर, ४ मा २७ मिटर, ६ मा ५६ मिटर, ११ मा ४४ मिटर तटबन्ध निर्माण भइरहेको तटबन्ध निर्माण समितिका अध्यक्ष राजेन्द्र श्रेष्ठले जानकारी दिए। खोलाको उच्च जोखिम भएको ठाउँलाई प्राथमिकता दिएर तटबन्धको काम गरिरहेको उनको भनाइ छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
