मछिन्द्र आयोजक केपी एफसीलाई हराउँदै जारी केपी ओली कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।
काठमाडौँ– मछिन्द्र एफसी आयोजक केपी एफसीलाई हराउँदै जारी केपी ओली कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। दशरथ रंगशालामा भएको दोस्रो सेमिफाइनलमा आयोजक टोलीलाई ४–० को गोल अन्तरले पराजित गर्दै मछिन्द्रले फाइनल यात्रा तय गरेको हो।
मछिन्द्रका लागि स्टेफेन जमालाले २ र मनिष डाँगी, रोशन रानाले १-१ गोल गरे। खेलको ३८औँ मिनेटमा मछिन्द्रका मनिषले गोल गर्दै टोलीलाई पहिलो अग्रता दिलाएका थिए। ४९औँ मिनेटमा रोशनले गोल गर्दै मछिन्द्रको अग्रतालाई दोब्बर बनाए। खेलको ८६औँ मिनेटमा पाएको पेनाल्टीमा गोल गर्दै मछिन्द्रका स्टेफेनले टोलीलाई तेब्बर अग्रतामा पुर्याए। पुनः ९०औँ मिनेटमा स्टेफेनले व्यक्तिगत दोस्रो गोल गर्दै अग्रता ४–० मा पुर्याए।
अब मछिन्द्रले उपाधिका लागि त्रिभुवन आर्मी क्लबसँग प्रतिस्पर्धा गर्नेछ। आर्मीले पहिलो सेमिफाइनलमा संकटा क्लबलाई २–१ ले हराउँदै फाइनलमा स्थान सुरक्षित गरेको थियो। फाइनल खेल सोमबार हुनेछ। फाइनल खेल अवलोकन गर्न इटालीलाई विश्वकप जिताएका गोलकिपर जियानलुजी वुफोन नेपाल आउने छन्।
प्रतियोगिताको विजेता टोलीले १५ लाख ११ हजार ११ हजार १११ र उपविजेता हुने टोलीले पाँच लाख रुपैयाँ पाउनेछन्।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक लाख, उत्कृष्ट गोलकिपर, सर्वाधिक गोलकर्ता र उदीयमान खेलाडीले समान ५० हजार रुपैयाँ पाउनेछन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
