मंगलबार नेप्से परिसूचक ७.१३ अंकले बढेर २७६५.८८ को विन्दुमा कायम भएको छ।
काठमाडौँ– शेयर बजारमा सात कारोबार दिनयता नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा लगातार वृद्धि देखिएको छ। अघिल्लो आइतबारबाट बढ्ने क्रममा रहेको नेप्से परिसूचकले मंगलबार पनि निरन्तरता पाएको हो।
नेप्सेका अनुसार मंगलबार परिसूचक ७.१३ अंकले बढेर २७६५.८८ को विन्दुमा कायम भएको हो। नेप्से परिसूचकमा वृद्धि देखिए पनि कारोबार रकममा भने गिरावट देखिएको छ।
यस दिन ३१२ कम्पनीको एक करोड ७८ लाख ६५ हजार ७०३ कित्ता शेयर ९७ हजार ५६२ पटक खरिदबिक्री हुँदा नौ खर्ब ९० करोड ९३ लाख ८६ हजार २२७ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ। सोमबार भने ११ अर्ब आठ करोड ५४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो।
यस दिनको कारोबारमा सात वटा समूहको उपसूचक बढेको छ भने अरू सबै समूहको उपसूचक घटेको छ। बैंकिङ ०.०२, होटल तथा पर्यटन ०.०५, लगानी ०.७७, जीवन बीमा ०.८१, उत्पादन तथा प्रशोधन ०.१८, म्युचुअल फन्ड ०.०५ र अन्य समूहको उपसूचक २.९० प्रतिशतले बढेको छ।
विकास बैंक ०.१२, वित्त ०.७१, जलविद्युत् ०.००, लघुवित्त ०.१५, निर्जीवन बीमा ०.२८ र व्यापार समूहको उपसूचक २.५१ प्रतिशतले घटेको हो।
गार्डियन माइक्रो लाइफइस्योरेन्सको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने सबैभन्दा बढी वीन नेपाल लघुवित्तको शेयर ८.९७ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा सबैभन्दा बढी हिमालयन रिइन्स्योरेन्सको एक अर्ब दुई करोड ६२ लाख ७३ हजार ९०८ रुपैयाँ बराबरको शेयर किनबेच भएको छ। त्यस्तै, कारोबार भएका शेयर संख्याका आधारमा एचआईडीसीएलको १० लाख ३१ हजार २८८ कित्ता खरिदबिक्री भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
