प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले आइतबार बिहान ५ बजेदेखि अर्को आदेश जारी नभएसम्मका लागि फुङलिङ बजार र काफ्लेपाटी क्षेत्रमा निषेधाज्ञा जारी गरेका हुन्।
काठमाडौँ– ताप्लेजुङमा ‘नो केबलकार समूह’को आन्दोलन चर्किँदै गएपछि स्थानीय प्रशासनले अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ ।
प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले आइतबार बिहान ५ बजेदेखि अर्को आदेश जारी नभएसम्मका लागि फुङलिङ बजार र काफ्लेपाटी क्षेत्रमा निषेधाज्ञा जारी गरेका हुन्।
निषेधित क्षेत्रमा पाँच जनाभन्दा बढी भेला भएर सभा, जुलुस, प्रदर्शन, घेराउजस्ता कार्यक्रम गर्न नपाइने आदेशमा उल्लेख छ।
पाथीभरा क्षेत्रमा निर्माण हुने केबलकारको विषयलाई लिएर ताप्लेजुङमा पछिल्लो समय विवाद भइरहेको छ। पहिचान पक्षधर ‘नो केबलकार समूह’ले दिनहुँ जसो आन्दोलन गरिरहेका छन्। सोही क्रममा शनिबार साँझ आन्दोलनकारी र प्रहरीबीच झडप भएको थियो।
केबलकार निर्माणस्थल काफ्लेपाटी क्षेत्रबाट फर्किएको राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेद्र महतो नेतृत्वको समूहले फुङलिङ बजारमा नारा जुलुससहित राँके जुलुस प्रदर्शन गरेका थिए। त्यही क्रममा वीरेन्द्रचोकमा झडप भएको थियो।
झडपमा आन्दोलनकारीतर्फ घाइते भएका तीन जनालाई उपचारका लागि धरान लगिएको र नौ जनाको जिल्ला अस्पताल ताप्लेजुङमा उपचार भइरहेको आन्दोलन समूहका अगुवा कीर्तिमान मादेनले जानकारी दिए।
प्रहरीतर्फ भने नौ जना घाइते भएको र उनीहरूको जिल्ला अस्पतालमा उपचार भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
