प्रदेश अस्पताल कुस्मामा सञ्चालन गरिएको निःशुल्क आँखा शिविरमा मोतीबिन्दुका १५४ जना बिरामीको निःशुल्क शल्यक्रिया गरिएको छ।
काठमाडौँ– पर्वत कुस्मा–४ की ९९ बर्षीय विष्णुमती दमाईको खुशीको कुनै सीमा छैन। पूर्ण रूपमा अन्य व्यक्तिका सहारामा अन्धकारमा जीवन बिताउन बाध्य उनी अहिले उज्यालो देख्न पाएपछि हर्षित छिन्।
उनले मोतीबिन्दुका कारण दुई वर्षअघिदेखि पूर्ण रूपमा दुवै आँखाको दृष्टि गुमाउनु परेको थियो। कुस्मामा सञ्चालन गरिएको निःशुल्क आँखा शिविरमा शल्यक्रिया पछि पुनः संसार देख्न पाएकी हुन्।
“सात–आठ वर्ष अगाडिदेखि आँखाले धुमिल देख्न थालेको थियो। दुई वर्षदेखि केही देख्नै नसक्ने भएँ। मलाई बिहान बेलुकीको छाक टार्न पनि मुस्किल पर्छ,” उनले भनिन्, “अब देख्ने भएकी छु।” छोराछोरी कोही नभएकाले हेरचाह नातिनीले गरिरहेकी छन्।
विष्णुमतीले पुनः संसार देख्न पाएपछि खुशी हुँदै शल्यक्रिया गर्ने चिकित्सकलाई धन्यवाद दिइन्। “मलाई सहारा दिने नातिनीको अनुहार नै नदेखी मर्छु कि जस्तो लागेको थियो तर अहिले सबै देख्न पाएँ शरीर कमजोर भए पनि अब अरूको बोझ बन्नु पर्दैन भन्ने लागेको छ तपाई सबै भगवान्लाई धन्यवाद,” उनले भनिन्।
नेपाल नेत्रज्योति संघ हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोग, रेज होप फाउन्डेसन बेलायतको आर्थिक सहयोग तथा पर्वतमा रहेका विभिन्न लायन्स क्लबको समन्वयमा प्रदेश अस्पताल कुस्मामा सञ्चालन गरिएको निःशुल्क शिविरबाट विष्णुमती जस्तै १५४ जना मोतीबिन्दुका बिरामीको निःशुल्क शल्यक्रिया गरिएको थियो।
हिमालय आँखा अस्पतालका बाह्य कार्यक्रम संयोजक सुवास नेपालका अनुसार पर्वत जिल्लाका विभिन्न ८ स्थानमा सञ्चालन गरिएको निःशुल्क आँखा जाँच शिविरबाट छनोट गरिएका १५४ जना मोतीबिन्दुका बिरामीको गत माघ २९ गतेदेखि यही फागुन १ गतेसम्म निःशुल्क शल्यक्रिया गरिएको हो।
शिविरकै लागि बेलायतबाट नेपाल आएका रेज होप फाउन्डेसनका अध्यक्ष डा. विशाल गुरुङले आफ्नो सानो प्रयासले बुबाआमाको जीवनमा खुशी फर्किएकोमा खुशी व्यक्त गरे। उनले आगामी दिनमा समेत नेपालको अन्धोपन निवारणमा सहयोग गर्ने प्रतिबद्धता जनाए।
नेपाल नेत्रज्योति संघका अध्यक्ष प्राडा चेतराज पन्तले अस्पतालको पहुँचबाट टाढा रहेका नागरिकलाई वार्षिक सयौँ शिविरको आयोजना गरी उपचार सेवा प्रवाह गरिरहेको बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
