याकखर्क धौलागिरी चक्रीय पदमार्ग हुँदै म्याग्दीतर्फ जाने र आउने बाटोमा पर्छ। यसबाट धौलागिरी हिमाल आरोहण र पदयात्राका लागि आउने पर्यटकलाई सहज हुनेछ।
म्याग्दी– गण्डकी प्रदेश सरकारले मुस्ताङको दामोदरकुण्ड र याकखर्क जोड्ने सडक स्तरोन्नतिका लागि १० करोड रुपैयाँ बजेटको स्रोत सुनिश्चित गरेको छ।
चालु आर्थिक वर्षमै ठेक्का प्रक्रिया अघि बढाउने गरी मुस्ताङका दुई सडकलाई ५/५ करोड बजेटको स्रोत सुनिश्चित गरेको हो।
घरपझोङ गाउँपालिका–२ मार्फादेखि धमाङ– आलुबारी– याकखर्क र लोघेकर–दामोदरकुण्ड गाउँपालिकाको केन्द्र चराङ देखि सुरखाङ–यारा–घारा हुँदै घुयुमा ठाटीसम्मको सडक स्तरोन्नति गरिनेछ। अर्थ मन्त्रालयले स्रोत सहमति दिएपछि पूर्वाधार विकास कार्यालय मुस्ताङलाई ठेक्का प्रक्रिया अघि बढाउने बाटो खुलेको मुस्ताङ १(२) बाट निर्वाचित प्रदेशसभा सदस्य बिकल शेरचनले जानकारी दिए। दुवै सडक पर्यटन, पशुपालन र कृषिको हिसाबले महत्त्वपूर्ण रहेको उनको भनाइ छ।
करिब १३ किलोमिटर दुरीको मार्फा–धमाङ–आलुबारी सडकमा पर्ने मार्फाको पुरानो बस्ती धमाङमा ठूलो स्याउ बगैँचा छ। परापूर्वकालमा मार्फाका बासिन्दाले आलु खेती गर्ने आलुबारी क्षेत्र जडिबिटीखेती र दृश्यावलोकनका हिसाबले महत्त्वपूर्ण छ।
याकखर्क धौलागिरी चक्रीय पदमार्ग हुँदै म्याग्दीतर्फ जाने र आउने बाटोमा पर्छ। यसबाट धौलागिरी हिमाल आरोहण र पदयात्राका लागि आउने पर्यटकलाई सहज हुनेछ। याकखर्क, आलुबारी क्षेत्रमा याकचौरीको खर्क छ।
हिन्दू र बौद्ध धर्मवालम्बीको साझा तिर्थस्थल दामोदर कुण्ड जाने चराङदेखि सुरखाङ–यारा–घारा हुँदै घुयुमा ठाटी सडकबाट स्थानीयका साथै दामोदरकुण्ड जाने आउने तिर्थयात्री र पर्यटकलाई सहज हुनेछ।
रानीपौवा–झोङ–तेताङ सडकलाई कालीगण्डकी कोरिडोरको जोमसोम–कोरला सडकको छुसाङ–कागबेनी खण्डको विकल्पका रूपमा पनि प्रयोग गर्न सकिन्छ। कागबेनी–मुक्तिनाथ–उपल्लो मुस्ताङ आवतजावत गर्न सहज हुनेछ। गत वर्ष शुरू भएका यी दुई सडकको स्तरोन्नति योजना निर्माणाधीन छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
