दुर्घटनामा मोरङ उर्लाबारी नगरपालिका–७ का ११ वर्षीय क्रिस्चल पुरी, सिन्धुपाल्चोक बलेफी गाउँपालिका–७ का २३ वर्षीय सुरेश तामाङ र काठमाडौँ बौद्धका १४ वर्षीय शुसांक डोटेलको मृत्यु भएको थियो।
काठमाडौँ– काठमाडौँको शंखरापुर नगरपालिका–५ कात्तिकेस्थित सडकमा विद्यार्थी बोकेको बस बुधबार अपराह्न भएको दुर्घटनामा घाइते भएका ४३ मध्ये २७ जना उपचारपछि घर फर्किएका छन्।
उनीहरू उपचारपछि घर फर्किएका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक अपीलराज बोहराले जानकारी दिए। उनका अनुसार नगरकोटमा ‘पिकनिक’ खाएर फर्किने क्रममा सत्यसाई एकेडेमीका विद्यार्थी चढेको बस दुर्घटनामा परेको थियो।
सडकबाट २० फिट तल खसेर भएको उक्त दुर्घटनामा बसमा सवार मोरङको उर्लाबारी नगरपालिका–७ घर भएका ११ वर्षीय क्रिस्चल पुरी, सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–७ बस्ने २३ वर्षीय सुरेश तामाङ र काठमाडौँ बौद्ध बस्ने सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका–३ घर भएका १४ वर्षीय शुसांक डोटेलको मृत्यु भएको थियो। उनीहरू तीनै जना विद्यार्थी हुन्।
दुर्घटनामा गम्भीर घाइते भएका क्रिस्चलको शिक्षण अस्पताल महाराजगन्जमा, सुरेशको नेपाल मेडिकल कलेजमा र शुसांकको शंखरापुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो। बस चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।
घाइतेमध्ये दुई जनाको केएमसी अस्पताल, नौ जनाको एनएमसी अस्पताल, एक जनाको मेडिसिटी अस्पताल, दुई जनाको शिक्षण अस्पताल महाराजगन्ज, एक जनाको हेल्पिङ हेन्ड्स अस्पताल चाबहिल र एक जनाको पिपुल्स लाइफ केयर अस्पतालमा उपचार भइरहेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
