चार वर्षदेखि विचाराधीन मुद्दामा सर्वोच्चको संवैधानिक इजलासले बुधबारदेखि सुनुवाइ शुरू गरेको छ। सर्वोच्चले यसको प्रत्यक्ष प्रशारणको समेत व्यवस्था गरेको छ।
काठमाडौँ– सर्वोच्च अदालतले विभिन्न संवैधानिक निकायका ५२ जना पदाधिकारी नियुक्तिविरुद्धको मुद्दामा सुनुवाइ शुरू गरेको छ।
चार वर्षदेखि विचाराधीन मुद्दामा सर्वोच्चको संवैधानिक इजलासले बुधबार खाजा ब्रेकपछि सुनुवाइ शुरू गरेको हो। इजलासमा प्रध्यानन्यायाधीश प्रकाशमान सिंह राउतसहित न्यायाधीशहरू सपना प्रधान मल्ल, मनोजकुमार शर्मा, कुमार चुडाल र नहकुल सुवेदी रहेका छन्।
यो मुद्दा पटक-पटक पेसी तारेख चढेर सुनुवाइका लागि इजलास बसे पनि हेर्न नभ्याइने, स्थगितलगायत कारणले सर्दै आएको थियो।
सुनुवाइ शुरू गरेको सर्वोच्चले यसको प्रत्यक्ष प्रशारणको व्यवस्था गरेको छ। सर्वोच्च परिसरभित्र सुनुवाइ सर्वसाधारण र कानून व्यवसायीलाई सुन्न मिल्ने गरी व्यवस्था गरिएको छ। यसअघि सर्वोच्चले संसद विघटनको मुद्दाको सुनुवाइलाई पनि प्रत्यक्ष प्रशारण गरेको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
