क्रोएसियाले तेस्रो स्थानमा रहँदै कतार विश्वकप २०२२ को अन्त्य गरेको छ। रसिया विश्वकप २०१८ को उपविजेता यो टोलीले यसपटक अफ्रिकी राष्ट्र मोरक्कोलाई पराजित गर्दै तेस्रो भएको हो।
क्रोएसियाले तेस्रो स्थानमा रहँदै कतार विश्वकप २०२२ को अन्त्य गरेको छ। शनिबार सम्पन्न खेलमा अफ्रिकी राष्ट्र मोरक्कोलाई २–१ गोलअन्तरले पराजित गर्दै क्रोएसिया तेस्रो भएको हो।
रसिया विश्वकप २०१८ को उपविजेता यो टोली यसअघि सन् १९९८ मा पनि तेस्रो भएको थियो।
यसपटक कतारको खालिफा अन्तर्राष्ट्रिय रंगशालामा भएको खेलमा ९ मिनेटमै दुई गोल भएका थिए। सातौँ मिनेटमा क्रोएसियाका जोस्को गार्डियोलले हेडरमार्फत् टोलीलाई १–० को अग्रता दिलाएका थिए। त्यसको २ मिनेटपछि मोरक्कोका अशरफ दारीले हेडरमार्फत् गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याएका थिए।
गार्डियोल विश्वकपमा क्रोएसियाका लागि गोल गर्ने सबैभन्दा कान्छा खेलाडी भए। उनको उमेर अहिले २० वर्ष ३२८ दिन छ।
यसअघि यो कीर्तिमान इभिका ओलिचको नाममा थियो। उनले सन् २००२ मा जापान र दक्षिण कोरियाले संयुक्त रूपमा आयोजना गरेको विश्वकपमा इटालीविरुद्ध गोल गरेका थिए। त्यतिबेला उनको उमेर २२ वर्ष २६७ दिन थियो। इभान पेरिसिचको असिस्टमा गार्डियोलले गोल गरेका हुन्।
पेरिसिच सन् २०१४ पछि विश्वकपमा सर्वाधिक असिस्ट गर्ने दोस्रो खेलाडी हुन्। उनले सन् २०१४ देखि क्रोएसियाका लागि ११ गोलमा योगदान दिएका छन्। पहिलो स्थानमा रहेका अर्जेन्टिनाका कप्तान लिओनल मेस्सीले १६ गोलमा योगदान दिएका छन्।
४२औँ मिनेटमा क्रोएसियाका मिस्लाव ओर्सिचले गोल गर्दै टोलीलाई २–१ को अग्रता दिलाए। लिभाजाको असिस्टमा ओर्सिचले गोल गरेका थिए।
मोरक्कोको टोली पहिलो पटक सेमिफाइनलमा पुगेको हो। मोरक्को विश्वकपमा सेमिफाइनलमा पुग्ने पहिलो अफ्रिकी राष्ट्र पनि भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
