सट्टेबाजीको आरोपमा बूढानीलकण्ठबाट २३ भारतीय नागरिक पक्राउ

बूढानीलकण्ठ नगरपालिका–३ स्थित एक घरमा अनलाइन जुवा खेलाएको आरोपमा प्रहरीले २३ भारतीय नागरिकलाई पक्राउ गरेको छ।

काठमाडौँ– बूढानीलकण्ठ नगरपालिका–३ स्थित एक घरमा अनलाइन जुवा खेलाएको आरोपमा प्रहरीले २३ भारतीय नागरिकलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक अपीलराज बोहराले आइतबार रातिदेखि सोमबार बिहानसम्म गरिएको ‘अपरेसन’मा २३ जनालाई पक्राउ गरेको बताए। उनीहरूको साथबाट ८८ मोबाइल, १० ल्यापटप र ८१ हजार रुपैयाँ नगद बरामद गरिएको उनको भनाइ छ।

स्थानीय दोर्जी लामाको दुईतले घरमा अनलाइन जुवा सञ्चालन गरिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको हो। उनीहरूलाई सट्टेबाजी गर्न नहुने कसुरअन्तर्गत म्याद लिएर अनुसन्धान गरिने प्रहरीले जनाएको छ।