गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले विश्व परिवेषमा नै पत्रकारितालाई सङ्कुचित बनाउने प्रयास भइरहेको भन्दै सजग रहन पत्रकारहरूलाई सुझाएका छन्।
काठमाडौँ– गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले पत्रकारितालाई सङ्कुचित बनाउने प्रयास भइरहेकाले त्यसतर्फ सजग रहन पत्रकारहरूलाई सुझाव दिएका छन्। शनिबार नेपाल पत्रकार महासंघको प्रतिष्ठान प्रदेश समितिको दोस्रो वार्षिक साधरणसभामा उनले पत्रकारिता क्षेत्रको चुनौतीको चर्चा गरेका थिए।
“जहाँ लोकतन्त्र छ, त्यहाँ स्वतन्त्र पत्रकारिता हुन्छ अभिव्यक्तिको स्वतन्त्रता हुन्छ। तर, स्वतन्त्रता विस्तारै सङ्कुचनमा गइरहेको छ”, उनले भने, “यहाँ मात्र होइन संसारमै यो चुनौती देखिन थालेको छ।”
उनले विश्वमा भइरहेको लोकतन्त्रको लडाइँमा साथ दिनका लागि नेपाली पत्रकारको ध्यानाकर्षणसमेत गरे। पूर्वराष्ट्रपति यादवले विश्व परिवेषलाई ध्यान दिनुपर्नेमा जोड दिँदै भने, “ताइवानमा तीन लाख नेपाली छन्। त्यहाँको आन्दोलनमा के भइरहेको छ? यता बर्मामा भइरहेको आन्दोलनमा पनि नेपाली पत्रकार र पत्रकारका संघ–संगठनले केही बोल्ने हो कि?”
कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले यस वार्षिक साधारणसभामार्फत श्रम र सम्पादकीय स्वतन्त्रका विषयमा गहन छलफल हुनुपर्ने बताउँछन्। “पत्रकारिताभित्र श्रमको उचित मूल्यांकन हुनसकेको छैन। सम्पादकीय स्वतन्त्रताको अवस्था के छ भन्ने कुरामा समीक्षा गर्नुपर्ने भएको छ”, उनले भने।
महासंघका प्रतिष्ठान प्रदेशका अध्यक्ष बालकृष्ण अधिकारीले कोरोना महामारीका बीच पनि प्रतिष्ठानले गरेको कामको समीक्षा र आगामी रणनीति निर्माणका लागि छलफल हुने बताए।
कार्यक्रममा प्रदेश परिषद् सदस्यमा मनोनित हुनुभएका कान्तिपुर दैनिकका अतुल मिश्र, राजधानी दैनिकका राजेन्द्र श्रेष्ठ, ग्लोबल टेलिभिजनका प्रकाश गिरी, नागरिक दैनिकका पवित्रा सुनार, नेपाल टेलिभिजनका टङ्क उप्रेती, रातोपाटी डटकमका रोहित दाहाल, नेपाल समाचारपत्रका दीपक रिजाल र कारोबार दैनिकका बालकृष्ण ज्ञवालीलाई प्रमाणपत्र प्रदान गरिएको थियो। कार्यक्रमा पाँचवटा प्रतिष्ठान शाखालाई सम्मान गरिएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
