स्वास्थ्य बीमा सुधार सुझाव कार्यदलका संयोजक डा. शम्भु आचार्यले छरिएर रहेका सामान प्रकृतिका स्वास्थ्य बीमासम्बन्धी कार्यक्रमले खर्च र सरकारी बजेट बढाउने देखिएकाले एकीकृत गर्नुपर्ने सुझाव दिइएको बताए।
काठमाडौँ– स्वास्थ्य बीमा सुधार सुझाव कार्यदलले छरिएर रहेका स्वास्थ्य बीमासम्बन्धी कार्यक्रमलाई एकीकृत गर्नुपर्ने सुझाव दिएको छ। कार्यदलको प्रतिवेदनमा छरिएर रहेका स्वास्थ्य उपचार सहायता तथा अनुदानसम्बन्धी कार्यक्रमलाई स्वास्थ्य बीमा बोर्डबाट एकीकृत गर्न सकिने उल्लेख गरिएको हो।
प्रतिवेदनमा आठ किसिमका कडा रोगका लागि दिइँदै आएको एक लाख रुपैयाँको स्वास्थ्य सुविधा, आमा सुरक्षा कार्यक्रम, मिर्गाैला तथा कलेजो प्रत्यारोपण, क्यान्सर उपचार सहयोग कार्यक्रम, अस्पतालका सामाजिक सेवा एकाइमार्फत दिइने उपचार सेवा, वृद्ध र बालबालिकाको निःशुल्क उपचार, १५ वर्षमुनिका र ७० वर्षमाथिको मुटुको निःशुल्क उपचार, विपन्न नागरिकका लागि कडा रोगको निःशुल्क उपचारलगायत कार्यक्रमलाई एकीकृत गर्नुपर्ने सुझाव दिइएको वरिष्ठ जनस्वास्थ्यविद् एवं स्वास्थ्य बीमा सुधार सुझाव कार्यदलका संयोजक डा. शम्भु आचार्यले जानकारी दिए।
योगदानमा आधारित सामाजिक सुरक्षा कोष कार्यक्रम, कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, निजामती कर्मचारी अस्पताल उपचार सेवा, प्रदेश सरकारले प्रदान गर्दै आएका स्वास्थ्य सहयोग तथा अनुदान र स्थानीय तहबाट भएका स्वास्थ्य सहायता तथा अनुदान कार्यक्रमलाई पनि स्वास्थ्य बीमा बोर्डमार्फत दिन सकिने प्रतिवेदनमा उल्लेख गरिएको छ।
नेपालमा छरिएर रहेका स्वास्थ्य उपचार सहायता तथा अनुदानसम्बन्धी कार्यक्रमलाई एकीकृत गर्दा प्राप्त हुने स्रोत करिब १५ अर्ब रुपैयाँ हुने जनाउँदै उनले छरिएर रहेका सामान प्रकृतिका कार्यक्रमले खर्च र सरकारको बजेट बढाउने देखिएकाले एकीकृत गर्नुपर्ने सुझाव दिइएको बताए।
प्रतिवेदनले स्वास्थ्य बीमाको सुविधाको दायरा र पुँजी बढाउनुपर्ने सुझाव दिएको छ। घातक रोग लाग्दा अहिलेको सुविधा क्षेत्रले धान्ने अवस्था नरहेको, दीर्घरोग लागेका सदस्य भएका परिवारलाई र परिवारका धेरै सदस्य बिरामी पर्दा अहिलेको सुविधा कम पर्ने भएकाले दायरा र पुँजी बढाउन सुझाव दिइएको संयोजक आचार्यले उल्लेख गरे।
प्रतिवेदनमा व्यक्तिको पकेट खर्च ५४ प्रतिशतबाट घटाई २० प्रतिशतमा झार्नुपर्ने उल्लेख छ। प्रतिघरले स्वास्थ्य बीमाका लागि तिरेको औसत प्रिमियम तीन हजार ८०० र दाबी आठ हजार ३५० रुपैयाँ रहेको उल्लेख गर्दै आचार्यले बोर्डले बीमा गराएबापत संकलन गरेको रकमले २४ प्रतिशत मात्र खर्च धान्न सक्ने अवस्था रहेको जानकारी दिए। उनका अनुसार यही अवस्थामा बीमा बोर्ड सञ्चालन भएमा सन् २०३० मा सरकारले ६२.८ अर्ब भुक्तान दिनुपर्ने हुन्छ।
स्वास्थ्य बोर्डका अनुसार हालसम्म ८७ लाख ३२ हजार ९१२ नागरिक स्वास्थ्य बीमामा आबद्ध छन्। बीमामा आबद्धमध्ये करिब ४८ प्रतिशतले सेवा लिइरहेका छन्। सरकारले स्वास्थ्य बीमामा देखिएका समस्या समाधान गर्नका लागि वरिष्ठ जनस्वास्थ्यविद् डा. आचार्यको संयोजकत्वमा आठ सदस्यीय स्वास्थ्य बीमा सुधार सुझाव कार्यदल गठन गरेको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
