इजरायल र हमासबीच भएको गाजा युद्धविराम सम्झौताअनुसार चौथो बन्धक–कैदी आदानप्रदानमा तीन इजरायली पुरुष शनिबार रिहा भएका छन्।
प्यालेस्टिनी लडाकु समूह हमासले थप तीन जना इजरायली बन्धकलाई रिहा गरेको छ। इजरायल र हमासबीच भएको गाजा युद्धविराम सम्झौताअनुसार चौथो बन्धक–कैदी आदानप्रदानमा तीन इजरायली पुरुष शनिबार रिहा भएका हुन्।
शनिबार ५४ वर्षीय इजरायली–फ्रान्सेली नागरिक ओफर काल्डेरोन, ६५ वर्षीय इजरायली–अमेरिकी नागरिक किथ सिगेल र ३५ वर्षीय इजरायली नागरिक यार्डेन बिबास रिहा भएका हुन्।
१८० भन्दा बढी प्यालेस्टिनी कैदीको बदलामा हमासले उनीहरूलाई रिहा गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
यार्डेन शनिबार बिहान दक्षिणी शहर खान युनिसमा रिहा भएका हुन्। काल्डेरोनलाई पनि खान युनिसमा रिहा गरिएको थियो। फ्रान्सेली राष्ट्रपति म्याक्रोनले उनको रिहाइको स्वागत गरेका छन्।
सिगेललाई हमासले गाजा शहरको रेडक्रसलाई हस्तान्तरण गरेको छ। उनलाई र उनकी श्रीमती एड्रिएनलाई हमासले कफार अजास्थित उनीहरूको घरबाट नियन्त्रणमा लिएर हमासले बन्धक बनाएको थियो। एड्रिएनलाई नोभेम्बर २०२३ मा रिहा गरिएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
