विश्वकपको तेस्रो स्थानका लागि क्रोएसिया र मोरक्को भिड्दै

विश्वकपको सेमिफाइनलमा क्रोएसिया अर्जेन्टिनासँग र मोरक्को फ्रान्ससँग पराजित भएका हुन्।

काठमाडौं– विश्वकप फुटबल २०२२ को तेस्रो स्थानका लागि शनिबार क्रोएसिया र मोरक्को भिड्दै छन्।

खेल खालिफा अन्तर्राष्ट्रिय रंगशालामा राति ८ः ४५ बजे शरू हुदैछ। सेमिफाइनलमा साविक उपविजेता क्रोएसिया अर्जेन्टिनासँग ३–० गोल अन्तरले पराजित भएको थियो। उता मोरक्को साविक विजेता फ्रान्ससँग २–० ले स्तब्ध बनेको हो।

एकै समुहमा रहेका क्रोएसिया र मोरक्को यस विश्वकपमा दोस्रो पटक भिड्न लागेका छन्। समुह एफमा रहेका यी टोलीले यसअघि समूह चरणमा गोलरहित बराबरी खेलेका थिए। क्रोएसिया र मोरक्कोबीच हालसम्म दुई पटक खेल भएको छ।

जसमा एक खेल क्रोसियाले जितेको छ। एक खेल बराबरी भएको छ। सन् १९९६ मा भएको खेल क्रोएसियाले ७–६ ले जितेको थियो।